arrow

विश्वकप टी–२० को ढोका बन्द

अन्ततः निराश पार्‍यो टिम नेपालले 

सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित, न बल चल्यो न ब्याट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
nepal-cricket-t-20-2022.jpg
तस्बिर– फाइल

काठमाडौं । एकपटक फेरि नेपाली राष्ट्रिय क्रिकेट टिमले निराशा दिलाएको छ । नेपाल आगामी अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नबाट वञ्चित भएको छ ।

आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट क्रिकेटको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग कमजोर प्रदर्शन गरेसँगै नेपाल अष्ट्रेलियाको टिकट काट्न असफल भएको हो । 

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिमले विश्वकप खेल्न पाउनेमा नेपाल सेमिफाइनलबाटै बाहिरियो । नेपाल महत्वपूर्ण खेलमा ६८ रनको फराकिलो अन्तरले पराजित भयो । 

१७६ रनको चुनौती पछ्याउने क्रममा नेपाल १८.४ ओभरमा अलआउट हुँदै १०७ रनमै अलआउट भयो । 

नेपालले शुरुआतदेखि नै विकेट गुमाएको थियो । ३ रन जोड्दा २ विकेट गुमाएको नेपालले त्यसपछि पनि लगातार विकेट गुमायो । दिपेन्द्र सिंह ऐरीले आशा देखाए पनि अन्य ब्याट्सम्यान टिक्न सकेनन् । 

दिपेन्द्रले ३८ बलमा ३८ रन बनाए । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २० रन बनाए । आरिफ शेखले १२ बलमा ११ रन बनाए । त्यसबाहेक कसैले दोहोरो स्कोर खडा गरेनन् । 

नेपालले बलिङ पनि राम्रो गर्न सकेन । जसका कारण यूएईले सम्मानित स्कोर खडा गर्यो । अन्त्यतिर आएर भने नेपालले केही कसिलो बलिङ गर्यो । 

यूएईले ६ रन जोड्दा जितेन्द्र मुखियाले विकेट लिएर टिमको मनोबल बढाएको भए पनि त्यसपछि बलिङको लय सुध्रेन । ७२ रन जोड्दा यूएईले दोस्रो विकेट गुमायो । सन्दीप लामिछानेले विकेट लिए । तर त्यतिन्जेलसम्म आक्रामक खेलेका विकेटकिपर ब्याट्सम्यान वृत्य अराविन्दले २३ बलमा ४६ रन जोडिसकेका थिए । 

तर नेपालले ओपनर मुहम्मद वासिमलाई रोक्न सकेन । जसका कारण यूएईले ११ औं ओभरमै २ विकेटको क्षतिमा सय रन पूरा गर्यो । वासिमले ७० रन जोडे । 

यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनायो । जितेन्द्र मुखिया र अविनाश बोहराले ३–३ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए । 

यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

नेपाल समूह बीको विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको थियो । नेपालले आयोजक ओमान, सिंगापुर र क्यानाडालाई पराजित गर्न सफल भएको थियो । 

नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई  एक सय ३६ रनले र तेस्रो खेलमा क्यानाडालाई ८ विकेटले पराजित गरेको थियो ।

फाइनलमा यूएई र आयरल्याण्ड पुगेका छन् । आयरल्याण्डले आयोजक ओमानलाई ५६ रनले हरायो । 

फाइनल पुगेसँगै यूएई र आयरल्याण्डले विश्वकपको टिकट काटेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ