पर्वतमा मोटरसाइकल दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
597
Shares
पोखरा । पर्वतमा गए राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्वत महाशिला गाउँपालिका वडा नं. १ जमपुरका ३४ वर्षीय रनबहादुर राना रहेका छन् ।
इलाका प्रहरी कार्यालय लुङखुका अनुसार महाशिला गाउँपालिका वडा नं. १ जमपुरमा बुधबार राति लु४५प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पुनको घटनास्थलमै मृत्यु भएको हो ।