arrow

दुई स्थान सुधारियो नेपाली क्रिकेटको वरीयता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
nepal-cricket-win.jpg
तस्बिर– फाइल

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० वरीयतामा नेपाली टिमले सुधार गरेको छ । नेपालले दुई स्थान सुधार गरेको हो । 

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार नेपाल १३ औं स्थानमा पुग्न सफल भएको छ । यसअघि नेपाल १५ औं स्थान रहेको थियो ।

नेपालले ओमानमा सम्पन्न आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटमा तेस्रो स्थान हासिल गर्दै वरीयता सुधार गरेको हो । नेपालले समूह चरणमा ओमान, सिंगापुर र क्यानाडालाई हराएको थियो । 

सेमिफाइनलमा यूएईसँग पराजित हुँदा तेस्रो स्थानको भिडन्तमा ओमानमाथि जित निकालेको थियो । 

अन्य देशको वरीयता
टी–२० मा भारत शीर्ष स्थानमा छ । इङ्गल्याण्ड दोस्रो स्थानमा छ । 

पाकिस्तान तेस्रो स्थानमा रहेको छ । न्यूजिल्याण्ड चौंथो तथा दक्षिण अफ्रिका स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ