arrow

जापान-नेपाल सम्बन्ध नयाँ उचाइमा पुर्‍याएको भन्दै राजदूतले दिए ओलीलाई बधाइ

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
japan-nepal.jpg.jpeg
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासाशी ओगावाबीच सोमबार भेटवार्ता भएको छ । 
 
एमाले पार्टी कार्यालय धुम्बाराहीमा उनिहरुबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 
 
भेटवार्तामा जापानका राजदूत ओगावाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्‍याएको बताउँदै कार्यकाल सफल भएकोमा धन्यवाद दिएका छन् । 
 
करिब आधा घण्टा उनिहरुबीच भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र नेपालको राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको प्रेस संयोजक अधिकारीले जानकारी गराए  । 
 
आइतबार एमाले अध्यक्ष ओली र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच भेटवार्ता भएको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ