arrow

एक सय १४ मतले हारेको कांग्रेसले धनकुटा नगरमा अन्य पार्टीबाट भित्र्यायो  १३ सय ४७ कार्यकर्ता, उम्मेदवार दुई हप्ताभित्र  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
274905727_385802043547458_2879286155697051840_n.jpg

धनकुटा । धनकुटा नगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि  अनिवार्य रुपमा १५ दिनभित्र उम्मेदवार सिफारिस गर्न र बुथ तथा टोल समितिहरु गठन गर्न नेपाली कांग्रेस धनकुटाले निर्देशन दिएको छ ।  

धनकुटा नगरपालिकाका सवै वडा समितिहरु र नगर समिति र प्रदेश सभा क्षेत्रीय कार्य समितिहरुलाई १५ दिनभित्र कार्य समितिहरुको बैठक बसी धनकुटा नगरका लोकप्रिय उम्मेदवारहरु सिफारिस गर्न र १५ दिन भित्र सबै टोल र बुथ समितिहरु गठन गरी सक्नका लागि निर्देशन दिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजयसन्तोषी राईले बताए ।

टोल समितिको सिफारिसको आधारमा क्रियाशील भेला गरी राय सुझाव लिएर वडा कार्य समितिको बैठक बसी वडा सदस्यहरुको, वडाध्यक्षको र मेयर तथा उपमेयरका संभावित उम्मेदवारहरुको प्रत्येक पदका लागि एक महिलासहित तीन जना उम्मेदवारहरुको नामावली  सिफारिस गरी जिल्ला कार्यसमितिमा पठाउनका लागि नेपाली कांग्रेस धनकुटाले सबै वडाहरुलाई निर्देशन दिएको हो ।

नेपाली कांग्रेस धनकुटा नगर कार्यसमितिका सभापति नरेश श्रेष्ठले उम्मेदवारका साथ घोषणापत्र निर्माण गर्नका लागि सुझावसहित सिफारिस पठाउनका लागिसमेत नगरको तर्फबाट पनि निर्देशन दिएको बताए । श्रेष्ठले सबै वडामा संगठन विस्तार गरी निर्वाचन जिताउनका लागि नगरका पदाधिकारीहरुलाई समेत जिम्मेवारी दिएको बताए ।  

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले शहरदेखि गाउँसम्म पुगेर सबै मतदाताहरुलाई भेटेर धनकुटा नगरको विकास र समृद्धिका लागि रुखमा भोट दिएर कांग्रेसलाई जिताउन सबै कांग्रेसजनलाई सम्पूर्ण शक्ति लगाएर परिचालित हुनका लागि आह्वान गरे ।

गत २०७४ सालको निर्वाचनमा धनकुटा नगरपालिकामा नेपाली कांग्रेसका सभापति तत्कालीन मेयरका उम्मेदवार दिनेश राई १ सय १४ भोटले मात्र उपविजेता भएकोमा यस पटक धनकुटा नगरमा अन्य पार्टीबाट प्रवेशको लहर पनि आएको र पार्टी संगठन टोल वस्ती स्तरसम्म निर्माण हुँदै गएकाले पनि नेपाली कांग्रेसको जित धनकुटा नगरपालिकामा सुनिश्चित बन्दै गएको अनुमान रहेको छ ।

नेपाली कांग्रेसलाई धनकुटा नगरपालिकामा जिताउन अहिले जिल्ला समितिबाट संयोजकको रुपमा खटिएका जिल्ला सचिव राईसँग समन्वय गरी क्षेत्र, नगर र वडाहरुबाट खटिएका नेताहरु टोल टोलमा गएर मतदाताहरुसँग भेटघाट गर्ने र उनीहरुको समस्या समाधान गर्नका लागि क्रियाशील भएको नेपाली कांग्रेस धनकुटा नगर कार्यसमितिका सभापति नरेश श्रेष्ठले बताए ।

जनाधार भएका समाजिक व्यक्तित्व, पार्टीमा सक्रिय भएका विकासप्रेमी निर्वाचन जित्न सक्ने व्यक्तित्वहरुलाई उम्मेदवार बनाउन र सिफारिस पनि  गर्ने जिल्ला सचिव तथा धनकुटा नगर संयोजक राईले बताए ।

धनकुटा नगरपालिकाभित्र अहिले नेकपा एमाले, एमाओवादी केन्द्र, जसपा लगायतका पार्टीहरुबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर नै चलेको र  तीन महिनाभित्र धनकुटा नगरमा मात्र  १ हजार ३ सय ४७ जना कांग्रेसमा प्रवेश गरिसकेकाले पनि कांग्रेसजनहरु धनकुटा नगरमा जित्ने दाबी गर्दै आएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ