arrow

रुसद्वारा युक्रेनी शहर कब्जा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
russia-attack-ukraine.PNG

काठमाडौं । दक्षिणी युक्रेनको प्रमुख बन्दरगाह शहर खेरसन  रुसी सेनाले नियन्त्रणमा लिएको त्यहाँका मेयरले बताएका छन् । शहर काउन्सिल भवनमा जबरजस्ती घुसेर रूसी सेनाले त्यहाँ कर्फ्यू लगाएको खेरसनका मेयर इगोर कोलिखाएभले बताएका छन् ।

यसबाहेक राजधानी किभ र अर्काे प्रमुख शहर खर्किभमा समेत रुसी सेना विनाशकारी आक्रमण जारी राखेको छ। गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेयता करिब २ हजार नागरिकले ज्यान गुमाइसकेका युक्रेनले जनाएको छ।

संयुक्त राष्ट्र संघको महासभामा रुसलाई आक्रमण रोक्न मागको पक्षमा १४५ मत खसेको छ भने, विपक्षमा ५ मत खसेको छ। २५ सदस्य तटस्थ रहेका थिए।

अमेरिकी विदेश मन्त्रालयले रुसले मिडियामाथि गरेको कडाइको विरोध गरेको छ। क्रेमलिन (रुस) मिडिया स्वतन्त्रता र सत्यमाथि आक्रमण गर्न संलग्न छ, सत्यलाई भ्रामक र दबाउन मस्कोको प्रयास तीव्र हुँदैछ, विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले विज्ञप्ति जारी गर्दै भनेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ