arrow

दाहालले थपे ३ मन्त्री : बोहरा, पाण्डे र जोशीले खाए विना विभागीय मन्त्रीको सपथ

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
sital-niwas-new-pic.jpg.jpeg
काठमाडौँ । पुष्पकमल दाहालले प्रधानमन्त्री निर्वाचित भएको ६ दिनपछि तीन मन्त्री थपेका छन् ।
 
सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले राप्रपाका दीपक बोहरा, विक्रम पाण्डे र नेकपा संयुक्तका जयदेव जोशीलाई सपथ ग्रहण गराएकी छन् । 
 
उनीहरु तीनैले विना विभागीय मन्त्रीको सपथ खाएका हुन् । तत्काल मन्त्रालय नतोकिएको बताइएको छ । 
 
दीपक बोहरा यसअघिको ओली सरकारमा समेत श्रम तथा रोजगार मन्त्री थिए । विक्रम पाण्डे निर्माण व्यवसायी पनि हुन् । संसदमा राप्रपाको ११ तथा नेकपा संयुक्तका तीन सदस्य छन् । 
 
योसंगै दाहाल नेतृत्वको मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । यसअघि माओवादीका ३ र कांग्रेसका दुई मन्त्रीले दाहालसंगै सपथ लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ