arrow

विराटनगरमा मोर्चाको बैठक सुरु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2057702601.jpeg
पथरी (मोरङ)। संयुक्त मधेसी मोर्चाका शीर्ष नेताको बैठक भर्खरै विराटनगरमा सुरु भएको छ । 

मोर्चाको वर्तमान आन्दोलन, आन्दोलनका विकल्प र सरकारसँगको वार्ताको समीक्षा र वार्ता गर्ने सम्बन्धमा सो बैठकमा छलफल तथा निणर्य हुने बताइएको छ । 

बैठकमा मोर्चा सम्बद्ध सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस सद्भावना पार्टीका महेन्द्र राय यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तमलोपाका महामन्त्री सर्वेनाथ शुक्लालगायतको सहभागिता छ । 

सद्भावना पार्टीका अध्यक्ष महतोले सरकारसँगको वार्ता र आन्दोलनका विषयमा  बैठक केन्द्रित हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ