- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा चक्रपथको शिलान्यास गरिएको छ। नगरपालिकामा निर्माण भइरहेको चक्रपथको शनिबार गृहमन्त्री बालकृष्ण खाँणले शिलान्यास गरेका हुन् ।
गृममन्त्री खाँणले यो चक्रपथ निर्माणका लागि पहिलो बेसमा ६ करोडको बजेट छुट्याएका थिए । मन्त्री खाँणले चक्रपथको दिगो स्ट्रक्चर निर्माणसहित यो क्षेत्रको विकासमा कन्जुस्याइँ नगरिने बताए । चक्रपथ निर्माणमा आफूले सरकारको तर्फबाट बजेटको कमी हुन नदिनेसमेत उनले प्रतिबद्धता जनाए ।
तिलोत्तमा चक्रपथ महात्वाकांक्षी योजनामा पर्छ । निर्माणपछि देशभरका स्थानीय तहमध्ये तिलोत्तमा चक्रपथ पहिलो हुनेछ । चक्रपथ तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका, ओमसतिया गाउँपालिका, बुटवल उपमहानगरनगरपालिका, देवदह नगरपालिका, रोहिणी गाउँपालिमाको मध्यभागमा पर्नेछ ।
गृहमन्त्री खाँणले चक्रपथको बजेटको लागि सरकारबाट मात्र नभई वैदेशिक दातृ निकायसँग सहयोगको लागि पहल गर्ने बताए ।