arrow

हात्तिगौडा, बुढानीलकण्ठमा डिसहोम फाईवरनेटको सह–वितरण सोरुमको उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
dish-home-hadigaun-show-rooom.jpg

काठमाडौँ। नेपालभर डिटिएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाईवरनेटले हात्तिगौडा, बुढानीलकण्ठमा पनि सह–वितरण सोरुमको सुरु गरेको छ।

फागुन २२ गते देखी डिसहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सि एम ट्रेडिङ्ग अन्तर्गत रहेको लक्की ग्यालरीले सञ्चालन  गर्नेछ।

सोरुम उद्घाटनमा डिसहोमका तर्फबाट क्षेत्रीय बिक्री प्रबन्धक उज्ज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा , सागर नारायण जोशी, मार्केटिङ अफिसर अनिल ठाकुर र  सि एम ट्रेडिङ्गका तर्फबाट गोपाल मान श्रेष्ठ ,सेल्स अफिसर प्रकाश श्रेष्ठ र विक्रम लामाका उपस्थितिमा सम्पन्न भएको थियो।

लक्की ग्यालरीले विगत लामो समय देखि डिस मिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डिटिएच सेवा, ग्राहकहरूमाझ पुर्‍याउँदै आएकोले अव डिसहोम फाईवरनेट विक्री र विक्री पछिको सेवा पनि गर्नेछ।

एक हजार भन्दा धेरै ग्राहकलाई डिसहोम फाईवरनेटको सेवा उपलब्ध गराइसकेको लक्की ग्यालरी अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लक्ष्यका साथ काम गर्ने लक्की ग्यालरी सञ्चालक राजन श्रेष्ठले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ