arrow

कोप्चे बजारमा आगलागी, एक वृद्धाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
RSS_aglagi 1.JPG

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी घाइते भएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला अस्पताल ताप्लेजुङमा उनको निधन भएको हो । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ । 

स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिए । कोप्चे बजारमा बिहान ८ बजे अचानक आगलागी शुरु भएको थियो ।

मासु पसल नजिकैको घरबाट अचानक आगलागी शुरु भएको थियो । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका थिए । फुङलिङ नगरपालिकाको दमकल पुगेको थियो । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका हुन् । 

प्रायः बर्सेनि आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ