arrow

'सबै स्थितिहरूमा म सुखपूर्वक विद्यमान छु'

अष्टावक्र गीता (बाह्रौँ र तेह्रौँ अध्याय)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
astabakra2.jpg

राजा जनक भन्छन् - पहिले म शारीरिक कर्मबाट निरपेक्ष यानि उदासीन भए । फेरी वाणीबाट निरपेक्ष भए । अब चिन्ताबाट निरपेक्ष भएर आफ्नो स्वरूपमा स्थित छु । शब्द आदि विषयमा आशक्तिरहित भएर र आत्माको दृष्टिको विषय न हुनको कारण म निश्चय र एकाग्र हृदयबाट आफ्नो स्वरूपमा स्थित हुँ । अभ्यास यानि असत्य ज्ञान आदि असामान्य स्थितिहरू र समाधिलाई एक नियमको समान देख्दै म आफ्नो स्वरूपमा स्थित छु । 

हे ब्रह्मलाई जान्नेवाला त्याज्य र संग्रहणीय बाट टाढा भएर र सुख दुखको अभावमा म आफ्नो स्वरूपमा स्थित छु । आश्रम, अनाश्रय, ध्यान र मन द्वारा  स्वकृत र निषेध नियमहरूलाई देखेर म आफ्नो स्वरूपमा स्थित छु । कर्मको अनुष्ठान रुपी अज्ञानबाट निवृत्त भएर र तत्त्वलाई सम्यक् रूपले जानेर म आफ्नो स्वरूपमा स्थित छु । 

अचिन्तितको सम्बन्धमा विचार गर्दै पनि विचार नै चिन्तन गरिन्छ अतह त्यस विचारको पनि परित्याग गरि म आफ्नो स्वरूपमा स्थित छु । जो यस प्रकारले आचरण गर्दछ उ कृतार्थ यानि मुक्त हुन्छ । जसको यस प्रकारको स्वभाव छ उ कृतार्थ हुन्छ ।

श्री जनक भन्छन् - अकिञ्चन यानि केही आफ्नो नहुनुको सहेजता केवल कफिन लगाउनाले पनि कठिनाइले प्राप्त हुन्छ । अतह त्याग र सङ्ग्रहको प्रवृत्तिलाई छोडेर सबै स्थितिमा म सुखपूर्वक विद्यमान छु । शारीरिक दुख पनि कहाँ छ अर्थात् छैन । वाणीको दुख पनि कहाँ छ त्यहाँ मन पनि कहाँ छ सबै प्रयत्नलाई त्याग गरेर सबै स्थितिहरूमा म सुखपूर्वक विद्यमान छु । 

गरिएको कुनै पनि कार्यको बस्तु तह कुनै पनि अस्तित्व छैन । यस्तो तत्त्वपूर्वक विचार गरेर जब कुनै कर्तव्य गर्दै सबै स्थितिहरूमा म सुखपूर्वक विद्यमान छु । शरीर भावमा स्थित योगीहरूका लागि कर्म र अकर्म रुपी बन्धनकारी भाव हुन्छ तर संयोग र वियोगको प्रवृत्ति हरूलाई छोडेर सबै स्थितिहरूमा म सुखपूर्वक विद्यमान छु ।  

विश्राम, गति, शैयन, बस्नु, हिँड्नु र सपनामा बस्तुतय मेरा लाभ र हानी छैन । अतह सबै स्थितिहरूमा म सुखपूर्वक विद्यमान छु । सुनमा मेरो हानी छैन । उद्योग तथा अनुद्योगमा मेरो लाभ छैन । अतह हर्ष र शोकको प्रवृत्ति लाई छोडेर सबै स्थितिहरूमा म सुखपूर्वक विद्यमान छु । सुख दुख आदि स्थितिहरूको क्रमबाट आउने नियममाथि बारबार बिचार गरेर शुभ र अशुभको प्रवृत्तिलाई छोडेर सबै स्थितिहरूमा म सुखपूर्वक विद्यमान छु ।

अष्टावक्र गीता भाग एक

अष्टावक्र गीता (दोस्रो भाग)

अष्टावक्र गीता (तेस्रो भाग)

अष्टावक्र गीता ( चौथौँ, पाँचौँ र छैटौँ भाग)

अष्टावक्र गीता (सातौँ र आठौँ अध्याय)

अष्टावक्र गीता (नवौँ र दशौँ अध्याय)

अष्टावक्र गीता (एघारौँ र बाह्रौँ अध्याय) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ