arrow

'इच्छा नै संसार हो, वैराग्यवान् बन'

अष्टावक्र गीता (नवौँ र दशौँ अध्याय)

logo
अष्टावक्र गीता,
प्रकाशित २०७८ फागुन २३ सोमबार
astabakra2.jpg

राजा जनकलाई श्री अष्टावक्र भन्नुहुन्छ - यो कार्य गर्न योग्य छ अथवा नगर्न योग्य यसरी नै अन्य हुन्छ र हुँदैन रुपी संशय कशिले र कसको शान्त भएको छ । यस्तो विचार गरेर विरक्त बन । त्यागवान् बन । यस्तो कुनै नियमको पालना नगर्ने वाला बन । हे पुत्र यस संसारको व्यर्थ चेष्टालाई देखेर कुनै धन्य पुरुषको जिउने इच्छा, भोगहरूको उपभोगको इच्छा र भोजनको इच्छा शान्त हुन्छ । यी सबै अनित्य छन् ।

तीन प्रकारका कष्ट- दैहिक, दैविक, भौतिकबाट घेरिएको छ । सारहीन छ निन्दनीय छ । त्याग गर्न योग्य छ । यस्तो निश्चित गर्नाले नै शान्ति प्राप्त हुन्छ । यस्तो कुन समय र आयु छ जब मनुष्यको संशय नरहेको समय होस । अतः संशयहरूको उपेक्षा गरेर अनायास सिद्धिलाई प्राप्त गर । महर्षिहरू, साधुहरू, योगीहरूको विभिन्न मतहरूलाई बुझेर कुन मानिस वैराग्यवान् बनेर शान्त हुँदैन । चैतन्यको साक्षात् ज्ञान प्राप्त गरेर वैराग्य र समताबाट युक्त कुन गुरु जन्म र मृत्युको बन्धनबाट तारदिदैनन् ?

 तत्त्वको विकारहरूलाई वास्तवमा उनीहरूको मात्राको परिवर्तनको रूपमा देख । यस्तो देखेर त्यसै समय तिमि बन्धनबाट मुक्त भएर आफ्नो स्वरूपमा स्थित हुनेछौ । इच्छा नै संसार हो । यस्तो जानेर सबै कुराको त्याग गर । त्यस त्यागबाट इच्छाहरूको त्याग हुनेछ र तिम्रो यथा रूप आफ्नो स्वरूपमा स्थित हुनेछ ।

श्री अष्टावक्र भन्नुहुन्छ - कामना र अनर्थको सामु धन रुपी शत्रुलाई त्यागी देऊ । यी दुवैको त्याग रुपी धर्मबाट युक्त भएर सर्वत्र विरक्त बन । मित्र भूमि कोशागार पत्नी र अन्य सम्पत्तिहरूलाई स्वप्नको माया समान तीन या पाँच दिनमा नष्ट हुनेवाला देख । जहाँ जहाँ आशक्ति छ त्यसलाई संसार जान । यस प्रकार परिपक्व वैराग्य आश्रममा तिक्ष्णा रहित भएर सुखी बन । मात्र तिक्ष्णा नै स्वयमको बन्धन हो । त्यसको नाशलाई मोक्ष भनिन्छ । संसारमा आनाशक्ति बाट नै निरन्तर आनन्दको प्राप्ति हुन्छ । तिमि एक अद्वितीय, चेतन र शुद्ध हौ । तथा यो विश्व अचेतन र असत्य हो । तिमिमा अज्ञानको लेश मात्र छैन जान्नको इच्छा पनि छैन ।    

पूर्व जन्ममा धेरै पटक तिम्रो राज्य, पुत्र,स्त्री,शरीर र सुखको तिम्रो आशक्ति हुँदा पनि नाश भइसकेको छ । पर्याप्त धन, इच्छा र शुभ कर्मद्वारा पनि यस संसार रुपी मायाबाट मनलाई शान्ति प्राप्त भए । कति जन्ममा शरीर, मन र वाणीबाट दुखका कारण कर्मलाई तिमिले गरेनौ । अब तीबाट तिमि विरक्त बन ।   

अष्टावक्र गीता भाग एक

अष्टावक्र गीता (दोस्रो भाग)

अष्टावक्र गीता (तेस्रो भाग)

अष्टावक्र गीता ( चौथौँ, पाँचौँ र छैटौँ भाग)

अष्टावक्र गीता (सातौँ र आठौँ अध्याय)

 



नयाँ