arrow

ब्रह्मबाट योगलाई प्राप्त गर

logo
ज्ञान,
प्रकाशित २०७८ फागुन २ सोमबार
astabakra2.jpg

'अष्टावक्र गीता' ऋषि अष्टावक्र र राजाबीचको संवादका रूपमा परिचित छ । राजा जनकले ज्ञान कसरी प्राप्त हुन्छ ? मुक्ति कसरी हुन्छ ? र वैराग्य कसरी प्राप्त हुन्छ ?  भनी ऋषि अष्टावक्रसँग प्रश्न गरेका थिए । 

ऋषि अष्टावक्र भन्नुहुन्छ - स्वयं जान्नेवाला बुद्धिमान व्यक्ति यस संसारको परिस्थितिहरूलाई खेलको रूपमा लिन्छ । त्यसको सांसारिक परिस्थितिहरूको बोझ लिने वाला मोहित व्यक्तिसँग कुनै पनि समानता हुँदैन । जुन पदको इन्द्र आदि सबै देवता इच्छा राख्छन् । त्यस पदमा स्थित भएर पनि योगी हर्ष गर्दैन । त्यस ब्रह्मलाई जान्नेवालाको अन्तकरणबाट पुण्य र पापाको स्पर्श हुँदैन । 

जस प्रकार आकाशमा देखिने धुवाले आकाशको संयोग हुँदैन । जुन महापुरुषले स्वयमलाई नै यस समस्त जगतको रूपमा जानेका छन् उसको स्वइच्छाबाट वर्तमानमा रहनबाट रोक्न कसमा सामर्थ्य हुन्छ ? ब्रह्मादेखि त्रिणसम्म चारै प्रकारका प्राणीहरूमा केवल आत्माज्ञानी नै इच्छा र अ इच्छाको परित्याग गर्नमा समर्थ छ । आत्मालाई अन्य एक जगतको ईश्वर कसै कसैले मात्र जान्दछ । जसले यस्तो जान्दछ उसलाई कसैसँग कुनै प्रकारको भय हुँदैन । 

अष्टावक्र भन्नुहुन्छ - तिम्रो कसैसँग पनि संयोग हुँदैन । तिमि शुद्ध हौ । तिमि के त्याग्न चाहन्छौ ? यो अवास्तविक सम्मेलनलाई समाप्त गरेर ब्रह्मसँग योग एकरूपतालाई प्राप्त गर । जसरी समुन्द्रबाट बुलबुल उत्पन्न हुन्छ त्यस्तै प्रकार विश्व एक आत्मा बाटै उत्पन्न हुन्छ । यो जानेर ब्रह्मबाट योगलाई प्राप्त गर । 

यद्यपि यो विश्व आँखाबाट देखिन्छ तर अवास्तविक छ । विशुद्ध तिमिका यस विश्वको अस्तित्व त्यसै प्रकार छैन जस प्रकार कल्पित सर्प डोरीमा । यो जानेर ब्रह्मबाट योगलाई प्राप्त गर । स्वयमलाई सुख र दुखमा समान पूर्ण, आशा र निराशामा समान, जीवन र मृत्युमा समान, सत्य जानेर ब्रह्मबाट योगलाई प्राप्त गर ।  

अष्टावक्र भन्नुहुन्छ - आकाश समान म अनन्त हुँ र यो जगत घडा समान महत्त्वहीन छ । यो ज्ञान हो न यसको त्याग गर्नु छ न ग्रहण वश यसैसँग एकरूप हुनु छ । म महासागर समान हुँ र यो दृश्यमान संसार लहर समान यो ज्ञान हो न यसको त्याग गर्नु छ न ग्रहण वश यसैसँग एकरूप हुनु छ । 

यो विश्व मसँग कल्पित छ जसरी शिपमा चाँदी यो ज्ञान हो न यसको त्याग गर्नु छ न ग्रहण वश यसैसँग एकरूप हुनु छ । म समस्त प्राणीहरूमा छु जसरी सबै प्राणी ममा छन् यो ज्ञान हो न यसको त्याग गर्नु छ न ग्रहण वश यसैसँग एकरूप हुनु छ ।

अष्टावक्र गीता भाग एक

अष्टावक्र गीता (दोस्रो भाग)

अष्टावक्र गीता (तेस्रो भाग)



नयाँ