arrow

'जो ब्रह्मासम्म सबैको विनाश हुँदा पनि विद्यमान रहन्छ'

अष्टावक्र गीता (दोस्रो भाग)

logo
ज्ञान,
प्रकाशित २०७८ माघ १७ सोमबार
astabakra2.jpg

ऋषि अष्टावक्रको ज्ञान, मुक्ति र वैराग्य सम्बन्धी उत्तर सुनेर  राजा जनक भन्छन् - आश्चर्य म निश्चल कलङ्क शान्त प्रकृतिभन्दा अलग ज्ञान स्वरूप हुँ । यति समयसम्म म मोहबाट ग्रसित रहे । जस प्रकार म यो शरीरलाई प्रकाशित गर्छु । त्यसै प्रकार यो विश्वलाई पनि । अतह म यो समस्त विश्व नै हुँ । अथवा केही पनि होइन । अब शरीर सहित यस विश्वलाई त्यागेर कुनै कौशल द्वारा नै मबाट परमात्माको दर्शन सम्भव छ । जस प्रकार पानी लहर फेन र बुलबुल भन्दा पृथक् छैन त्यसै प्रकार आत्मा पनि स्वयंबाट निस्किएको विश्व भन्दा अलग छैन । जस प्रकार विचार गर्नाले वस्त्र तन्तु यानि धागो मात्र ज्ञात हुन्छ उसै प्रकार यो समस्त विश्व आत्मा मात्र नै हो । 

जस प्रकार उखुको रसबाट बनेको सखरमा उखु नै व्याप्त हुन्छ त्यसै प्रकार यो विश्व मसँगै समाहित छ र निरन्तर मसँगै व्याप्त छ । आत्मा अज्ञान वश नै विश्वको रूपमा देखा पर्छ । आत्मा ज्ञान भएपछि यो विश्व देखाइ दिँदैन । डोरी अज्ञानवश सर्प जस्तो देखिन्छ । डोरीको ज्ञान हुनाले सर्प देखिँदैन । प्रकाश मेरो स्वरूप हो । यसको अतिरिक्त म अन्य केही पनि होइन । त्यो प्रकाश जसले यो विश्वलाई प्रकाशित गर्छ त्यसरी नै म भावलाई पनि । 

आश्चर्य यो कल्पित विश्व अज्ञानताबाट मलाई देखाइ दिन्छ । जसरी सिपमा चाँदी, डोरीमा सर्प र सौर्य किरणमा पानी । मबाट उत्पन्न भएको विश्व ममा नै विलीन हुन्छ । जसरी घडा माटोमा, लहर जलमा र कडा सुनमा विलीन हुन्छ । 

आश्चर्य छ मलाई नमस्कार छ समस्त विश्व नष्ट भएपछि पनि जसको विनाश हुँदैन । जो तृणदेखि ब्रह्मासम्म सबैको विनाश हुँदा पनि विद्यमान रहन्छ । आश्चर्य छ मलाई नमस्कार छ म एक हुँ । शरीरवाला भएर पनि जो न कतै जान्छ न कतै आउँछ । र समस्त विश्वलाई व्याप्त गरेर स्थिति छ । 

आश्चर्य छ मलाई नमस्कार छ जो कुशल छ । जसको समान अन्य कोही छैन । जसले शरीरलाई विना स्पर्श गर्दै यस विश्वलाई अनाधिकालदेखि धारण गरि रहेको छ । 

आश्चर्य छ मलाई नमस्कार छ जसको यो केही पनि होइन अथवा जो वाणी र मनबाट बुझिन्छ त्यो सबै यसैको हो । ज्ञान ज्ञेय ज्ञाता यी तीनै वास्तवमा छैनन् । यो त अज्ञान वश देखाइ दिन्छ । त्यो निशकलंक म नै हुँ । द्वेष सबै दुखको मूल कारण हो । यसको यसबाहेक अन्य कुनै औषधि छैन । कि यो सबै जुन देखि रहेका छौ यी सबै असत्य हो । म एक चैतन्य र निर्मल हुँ । म केवल ज्ञान स्वरूप हुँ । अज्ञानबाट नै मेरोद्वारा स्वयममा अन्य गुण कल्पित छ । यस्तो बिचार गरेर म सनातन र कारणरहित रूपमा स्थित हुँ । न ममा कुनै बन्धन छ । र न कुनै मुक्तिको भ्रम  म शान्त र आश्चर्य रहित हुँ । ममा स्थित यो विश्व पनि वस्तुतः ममा स्थित छैन । यो निश्चित छ कि यो शरीर सहित यो विश्व अस्तित्वहीन छ । केवल शुद्ध चैतन्य आत्माको मात्र अस्तित्व छ । अब यसमा के कल्पना गर्न सकिन्छ । शरीर स्वर्ग नर्क बन्धन मोक्ष र भय यी सबै कल्पना मात्र हुन् । यी सबैको म चैतन्य स्वरूपसँग के प्रयोजन छ । 

आश्चर्य छ म मानिसहरूको समूहमा पनि दोस्रोलाई देख्दिन उनीहरू पनि निर्जन नै प्रतीत हुन्छन् । अब म कोसँग मोह गरूँ । न म शरीर हुँ न यो शरीर नै मेरो हो । न म जीव हुँ म चैतन्य हुँ । म भित्र जीवन जिउने इच्छा नै बन्धन थियो । 

आश्चर्य म अन्न महासागरमा चित्त वायु उठ्नाले ब्रह्माण्ड रुपी विचित्र तरङ्ग उत्पन्न हुन्छ । म अनन्त महासागरमा चित्त वायु शान्त हुँदा जीव रुपी बणिकको संसार रुपी जहाज जसरी दुर्भाग्यले नष्ट हुन्छ ।  

आश्चर्य म अनन्त महासागरमा जीव रुपी लहर उत्पन्न हुन्छ, मिल्छ, फक्रिन्छ र स्वभावतः ममा प्रवेश गर्छ । क्रमश...



नयाँ