arrow

अष्टावक्र गीता

logo
ज्ञान,
प्रकाशित २०७८ माघ १० सोमबार
astabakra2.jpg

अष्टावक्र गीता अद्वैत वेदान्तको ग्रन्थ हो । जसमा ऋषि अष्टावक्र र राजा जनकबीचको संवादको सङ्कलन हो । यस ग्रन्थको प्रारम्भ राजा जनकले गरेका तीन प्रश्नबाट सुरु हुन्छ । ज्ञान कसरी प्राप्त हुन्छ ? मुक्ति कसरी हुन्छ ? र वैराग्य कसरी प्राप्त हुन्छ ?  यी तीन शाश्वत प्रश्न हुन् जो हर कालमा आत्मा अनुसन्धानकर्ताहरू द्वार सोधिँदै आएको छ । ऋषि अष्टावक्रले यिनै तीन प्रश्नका समाधान राजा जनकसँग संवादका रूपमा गरेका छन् । जो 'अष्टावक्र गीता' को रूपले प्रचलित छ । 

राजा जनक ऋषि अष्टावक्रलाई सोध्दछन् - हे प्रभु ज्ञानको प्राप्ति कसरी हुन्छ ? मुक्ति कसरी हुन्छ ? र वैराग्य कसरी प्राप्त गर्न हुन्छ ? यी सबै मलाई बताउनुहोस् ? 

श्री अष्टावक्र उत्तर दिनुहुन्छ- यदि तपाई मुक्ति चाहनुहुन्छ भने तपाईँले आफ्नो मनबाट विषय (वस्तुहरूको उपभोगको इच्छा) विष जस्तै त्याग्नुपर्नेछ । क्षमा, सरलता, दया, सन्तोष तथा सत्यलाई अमृत जस्तै सेवन गर्नुहोस् । तपाई न पृथ्वी हुनुहुन्छ, न जल, न अग्नि, न बायु अथवा आकाश नै मुक्तिका लागि यी तत्त्वका साक्षी चैतन्य रूप आत्मालाई जान्नुहोस् । 

यदि तपाई स्वयमलाई यस शरीरलाई अलग गरेर चेतनामा विश्राम गरे तब तत्काल नै सुख, शान्ति र बन्धन मुक्त अवस्थालाई प्राप्त गर्नुहुनेछ । तपाई ब्राह्मण आदि सम्पूर्ण जातिहरू अथवा ब्रम्हचर्या आदी सबै आश्रम भन्दा अलग हुनुहुन्छ । तथा आँखाले नदेखिने हुनुहुन्छ । तपाई निर्लिप्त, निराकार र यस विश्वको साक्षी हुनुहुन्छ । यस्तो जानेर सुखी हुनुहोस् । 

धर्म, अधर्म, सुख, दुख मस्तिष्कसँग जोडिएको छ । सर्वव्यापक तपाईँसँग होइन । न तपाई गर्नेवाला हो, न भोग्ने वाला हो । तपाई सधैँ मुक्त नै हुनुहुन्छ।  तपाई समग्र विश्वको एक मात्र द्रष्टा हुनुहुन्छ । सधैँ मुक्त नै हुनुहुन्छ । तपाईँको बन्धन केवल यति मात्र हो कि तपाई द्रष्टा अन्य कसैलाई सम्झनुहुन्छ । अहङ्कार रुपी महा सर्पको कारणवश तपाई म कर्ता हुँ यस्तो मान्नुहुन्छ । म कर्ता होइन यस विश्वास रुपी अमृत पिएर सुखी हुनुहोस् । म एक विशुद्ध ज्ञान हुँ । यस निश्चय रुपी ज्ञान अग्निबाट गहन अज्ञान बनलाई जलाउनुहोस् । यस प्रकार शोक रहित भएर सुखी हुनुहोस् । 
 
जहाँ यो विश्व डोरीमा सर्पको भाती अवास्तविक लाग्नेछ । त्यस आनन्द परमानन्दको अनुभूति गरेर सुख सँग रहनुहोस् । स्वयमलाई मुक्त मान्ने वाला मुक्त नै छ । र बन्धन मान्ने वाला बन्धन मै छ । यो भनाइ सत्य नै हो जस्तो बुद्धि छ त्यस्तो नै गति हुन्छ । आत्मा साक्षी, सर्वव्यापी, पूर्ण, एक, मुक्त, चेतन, अक्रिय, असङ्ग, इच्छारहित, एवं शान्त छ । भ्रम वश नै यो सन्सारी प्रतीत हुन्छ । अपरिवर्तनीय, चेतन वा अद्वैत आत्मा को चिन्तन गर्नुहोस् । म को भ्रम रुपी आभाषबाट मुक्त भएर बाह्य विश्वको आफैभित्र भावना गर्नुस् । 

हे पुत्र धेरै समयदेखि तपाई म शरीर हुँ यो भवबन्धनबाट बाँधिएको हुनुहुन्छ। स्वयमलाई अनुभव गरेर ज्ञान रुपी तलवारबाट यो बन्धनलाई काटेर सुखी हुनुहोस् । तपाई असङ्ग अक्रिय स्वयं प्रकाशवान् तथा सर्वथा दोष मुक्त हुनुहुन्छ । तपाईँको ध्यानद्वारा मस्तिष्कलाई शान्त राख्ने प्रयत्न नै बन्धन हो । 

यो विश्व तपाई द्वारा व्याप्त गरिएको छ । वास्तवमा यसलाई तपाईँले व्याप्त गरेको हो । तपाई शुद्ध र ज्ञान स्वरूप हुनुहुन्छ । सानोपनको भावले ग्रस्त नहुनुहोस् । तपाई इच्छा रहित विकार रहित घन यानि ठोस शीतलताको धाम अगाध बुद्धिमान हो । शान्त भएर केवल चैतन्यको इच्छा गर्नेवाला हुनुहोस् । आकारलाई असत्य जानेर निराकारलाई नै चिरस्थायी मान्नुहोस् । यस तत्त्वलाई जानेपछि पुन जन्म लिन सम्भव हुँदैन ।

जस प्रकार दर्पणमा प्रतिविम्ब रूप त्यसमा पनि छ र बाहिर पनि । त्यसै प्रकार परमात्मा शरीर भित्र पनि निवास गर्नुहुन्छ र त्यसको बाहिर पनि । जस प्रकार एकै आकाश पात्रको भित्र र बाहिर पनि व्याप्त छ । त्यसै प्रकार शाश्वत र सतत परमात्मा सम्पूर्ण प्राणीहरूमा विद्यमान हुनुहुन्छ । क्रमशः ...



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ