arrow

'आत्मालाई अविनाशी र एक जान'

अष्टावक्र गीता (तेस्रो भाग)

logo
ज्ञान,
प्रकाशित २०७८ माघ २४ सोमबार
astabakra2.jpg

राजा जनकलाई श्री अष्टावक्र भन्नुहुन्छ - आत्मालाई अविनाशी र एक जान । त्यस आत्मज्ञानलाई प्राप्त गरेर कुनै बुद्धिमान व्यक्तिको रुचि धन आर्जित गर्नमा कसरी हुनसक्छ । स्वयमको अज्ञानबाट भ्रमवश विषयहरूसँग लगाव हून जान्छ । जसरी सिपमा चाँदीको भ्रम हुनाले त्यसमा लोभ उत्पन्न हुन्छ । 

सागरबाट लहरको समान जसबाट यो विश्व उत्पन्न हुन्छ त्यो म नै हुँ जानेर तिमि एक दुखी जसरी कसरी भाग्न सक्छौ । यो सुनेर पनि कि आत्मा शुद्ध चैतन्य र अत्यन्त सुन्दर छ । तिमि कसरी जननेन्द्रियहरूमा आसक्त भएर मलिनतालाई प्राप्त गर्न सक्छौँ । सबै प्राणीहरूमा स्वयम् र स्वयम् मा सबै प्राणीहरूलाई जान्ने मुनीमा ममताको भावना बनिरहनु आश्चर्य नै हो । 

एक ब्रह्मको आश्चर्य लिने वाला र मोक्षको अर्थको ज्ञान राख्ने बालाको आमोद प्रमोदद्वारा उत्पन्न कामनाहरूबाट विचलित हुनु आश्चर्य नै हो । अन्त समयको निकट पुगिसकेको व्यक्ति उत्पन्न ज्ञानको अमित्र कामको इच्छा राख्नु, जसलाई धारण गर्न उ अत्यन्त असक्त छ आश्चर्य नै हो । 

यस लोक र परलोकबाट विरक्त, नित्य र अनित्यको ज्ञान राखेने वाला र मोक्षको कामना राख्ने वालाको मोक्षसँग छराउनु आश्चर्य नै हो । सदा आत्माको दर्शन गर्नेवाला बुद्धिमान व्यक्ति भोजन खुवाउँदा वा पीडित गर्दा न प्रसन्न हुन्छन् न क्रोध नै गर्छन् । आफ्नो कार्यशील शरीरलाई दोस्रोको शरीर तरह देख्ने वाला महापुरुषलाई प्रशंसा वा निन्दा कसरी विचलित गर्न सक्छ ? 

समस्त जिज्ञासाहरू रहित यस विश्वलाई मायामा कल्पित देख्ने वाला स्थिर प्रज्ञावाला व्यक्तिलाई आसन्न मृत्युले पनि कसरी भयभीत गर्न सक्छ ? निराशामा पनि सम्पूर्ण इच्छा रहित स्वयंको ज्ञानबाट प्रसन्न महात्माको तुलना कोसँग गर्न सकिन्छ ? स्वभावबाटै विश्वलाई दृश्यमान जान । यसको कुनै पनि अस्तित्व छैन ।

 यो ग्रहण गर्न योग्य छ न त्याग गर्न योग्य देख्ने वाला स्थिर प्रज्ञा व्यक्ति के देख्छ ? विषयको आन्तरिक आशक्ति त्याग गर्नेवाला सन्देह भन्दा अलग बिना कुनै इच्छा बाला व्यक्तिलाई स्वतः आउने वाला भोग न दुखी गर्न सक्छ न सुखी । 

अष्टावक्र गीता भाग एक

अष्टावक्र गीता (दोस्रो भाग)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ