- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
राजा जनकलाई श्री अष्टावक्र भन्नुहुन्छ - भाव, सृष्टि स्थिति र अभाव यानि प्रलय, मृत्यु रुपी विकार स्वाभाविक हो । यस्तो निश्चित रूपले जान्नेवाला विकाररहित, दुखरहित भएर सुखपूर्वक शान्तिलाई प्राप्त गर्नेछ । ईश्वर सबैका सृष्टा हुन् कोही अन्य होइन यस्तो निश्चित रूपले जान्नेवालाको सबै आन्तरिक इच्छाहरूको नाश हुन्छ । त्यो शान्त पुरुष सर्वत्र आशक्ति रहित हुन्छ । सम्पत्ति, सुख र विपत्ति दुखको समय प्रारब्धवश पूर्वकृत कर्मको अनुसार हो ।
यस्तो निश्चित रूपले जान्नेवाला सन्तोष र निरन्तर संयमित इन्द्रियबाट युक्त हुन्छ । उ न इच्छा गर्छ न शोक । सुख दुख र जन्म मृत्यु प्रारब्धवश पूर्वकृत कर्मको अनुसार हो यस्तो निश्चित रूपले जान्नेवाला, फलको इच्छा नराख्ने वाला सरलताले काम गर्दा पनि तिनीहरूमा लिप्त हुँदैन ।
चिन्ताबाटै दुख उत्पन्न हुन्छ । कुनै अन्य कारणबाट होइन । यस्तो निश्चित रूपले जान्नेवाला चिन्ता रहित भएर सुख शान्ति र सबै इच्छाबाट मुक्त हुन्छ । न म यो शरीर हुँ न यो शरीर मेरो हो । म ज्ञान स्वरूप हुँ यस्तो निश्चित रूपले जान्नेवाला जीवन मुक्तिलाई प्राप्त गर्दछ । उ गरेको र नगरेको कर्मको स्मरण गर्दैन ।
तृणदेखि लिएर ब्रह्मासम्म सबै म नै हुँ यस्तो निश्चित रूपले जान्नेवाला विकल्प यानि कामनारहित, पवित्र, शान्त र प्राप्त अप्राप्त आशक्ति रहित हुन्छ । अनेक आश्चर्यले युक्त यो विश्व अस्तित्वहीन छ यस्तो निश्चित रूपले जान्नेवाला इच्छारहित र शुद्ध अस्तित्वरहित हुन्छ । यसले अपार शान्ति प्राप्त गर्दछ ।
राजा जनक भन्छन् - पहिले म शारीरिक कर्मबाट निरपेक्ष यानि उदासीन भए । फेरी बाणीबाट निरपेक्ष भए । अब चिन्ताबाट निरपेक्ष भएर आफ्नो स्वरूपमा स्थित छु । शब्द आदि विषयमा आशक्तिरहित भएर र आत्माको दृष्टिको विषय न हुनको कारण म निश्चय र एकाग्र हृदयबाट आफ्नो स्वरूपमा स्थित हुँ । अभ्यास यानि असत्य ज्ञान आदि असामान्य स्थितिहरू र समाधिलाई एक नियमको समान देख्दै म आफ्नो स्वरूपमा स्थित छु ।
हे ब्रह्मलाई जान्नेवाला त्याज्य र संग्रहणीय बाट टाढा भएर र सुख दुखको अभावमा म आफ्नो स्वरूपमा स्थित छु । आश्रम, अनाश्रय, ध्यान र मन द्वारा स्वकृत र निषेध नियमहरूलाई देखेर म आफ्नो स्वरूपमा स्थित छु । कर्मको अनुष्ठान रुपी अज्ञानबाट निवृत्त भएर र तत्त्वलाई सम्यक् रूपले जानेर म आफ्नो स्वरूपमा स्थित छु ।
अचिन्तितको सम्बन्धमा विचार गर्दै पनि विचार नै चिन्तन गरिन्छ अतह त्यस विचारको पनि परित्याग गरि म आफ्नो स्वरूपमा स्थित छु । जो यस प्रकारले आचरण गर्दछ उ कृतार्थ यानि मुक्त हुन्छ । जसको यस प्रकारको स्वभाव छ उ कृतार्थ हुन्छ ।
अष्टावक्र गीता ( चौथौँ, पाँचौँ र छैटौँ भाग)