arrow

'म शुद्ध चैतन्य हुँ'

अष्टावक्र गीता (सातौँ र आठौँ अध्याय)

logo
ज्ञान
प्रकाशित २०७८ फागुन ९ सोमबार
astabakra2.jpg

राजा जनकलाई श्री अष्टावक्र भन्नुहुन्छ - आकाश समान म अनन्त हुँ र यो जगत घडा समान महत्त्वहीन छ । यो ज्ञान हो न यसको त्याग गर्नु छ न ग्रहण वश यसैसँग एकरूप हुनु छ । म महासागर समान हुँ र यो दृश्यमान संसार लहर समान यो ज्ञान हो न यसको त्याग गर्नु छ न ग्रहण वश यसैसँग एकरूप हुनु छ । 

यो विश्व मसँग कल्पित छ जसरी शिपमा चाँदी यो ज्ञान हो न यसको त्याग गर्नु छ न ग्रहण वश यसैसँग एकरूप हुनु छ । म समस्त प्राणीहरूमा छु जसरी सबै प्राणी ममा छन् यो ज्ञान हो न यसको त्याग गर्नु छ न ग्रहण वश यसैसँग एकरूप हुनु छ ।

राजा जनक भन्छन् - म अनन्त महासागरमा विश्व रुपी जहाज आफ्नो अन्त वायुबाट यताउता घुम्छ तर यसबाट ममा विच्छेप हुँदैन । म अनन्त महासागरमा विश्व रुपी लहर मायाबाट स्वयम उदित र अस्त भइरहन्छ र यसबाट ममा वृद्धि र क्षति हुँदैन । म अनन्त महासागरमा विश्व एक अवास्तविकता स्वप्न हो । म अति शान्त र निरकार रूपमा स्थित छु । त्यस अनन्त र निरञ्जन अवस्थामा न म को भावना छ न अन्य कुनै भाव नै । यस प्रकार आशक्त, विना कुनै इच्छा शान्त रूपमा म स्थित छु ।  आश्चर्य म शुद्ध चैतन्य हुँ र यो जगत असत्य जगको समान छ । यस प्रकार ममा कहाँ र कसरी उपयोगी र अन्योपगीको कल्पना । 

श्री अष्टावक्र भन्नुहुन्छ - तब बन्धन छ जब मन इच्छा गर्छ, शोक गर्छ, केही त्याग गर्छ,केही ग्रहण गर्छ, कहिले प्रसन्न हुन्छ वा कहिले क्रोधित हुन्छ । तब मुक्ति छ जब मन इच्छा गर्दैन शोक गर्दैन त्याग गर्दैन ग्रहण गर्दैन प्रश्न हुँदैन वा क्रोधित हुँदैन । तब बन्धन छ जब मन कुनै पनि दृश्यमान बस्तुमा आशक्त छ । तब मुक्ति छ जब मन कुनै पनि दृश्यमान बस्तुमा आशक्त रहित छ । जबसम्म म र मेरोको भावना छ तब सम्म बन्धन छ । जब म र मेरोको भावना छैन तब मुक्ति छ । यो जानेर न केही त्याग गर न केही ग्रहण नै गर । 

 

अष्टावक्र गीता भाग एक

अष्टावक्र गीता (दोस्रो भाग)

अष्टावक्र गीता (तेस्रो भाग)

अष्टावक्र गीता ( चौथौँ, पाँचौँ र छैटौँ भाग)

 



नयाँ