arrow

अवरुद्ध भिमदत्त राजमार्ग खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
mauli-road1.jpg

डडेल्धुरा । पहिराका कारण अवरुद्ध भिमदत्त राजमार्ग केहीबेरअघि सञ्चालनमा आएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको हो ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका-साहुखर्कमा सडक माथिबाट खसेको सुख्खा पहिराका कारण अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

डोजर लगाएर पहिरो पन्छाइ राजमार्ग सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ । अवरुद्ध भएको साढे पाँच घण्टापछि सञ्चालनमा आएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ