arrow

पोखरामा सवारी दुर्घटना, एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
accident-final.jpg

पोखरा । पोखराको विजयपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १४ चाउथेका १९ वर्षीय किस्मत वाग्ले रहेका छन् ।

बिहीबार बिहान चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको ग२२प ००७ नं.को स्कूटर र विपरीत दिशाबाट आउँदै रामबजारस्थित गोल्डेन फ्युचर बोर्डिङ स्कूलको गरेको ग१क ९९६ नं. को बस एकापसमा ठोक्किंदा दुर्घटना भएको हो । 

कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीका अनुसार दुर्घटनामा वाग्ले गम्भीर घाइते भएका थिए । उनको वाग्लेलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चेकजाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रहरीका अनुसार पैदल यात्रीलाई ठक्कर दिएपछि स्कूटर स्कूल बससँग ठोक्किएको थियो । स्कूटरको ठक्करबाट पैदल यात्री पोखरा १३ मियाँपाटनकी ३२ वर्षीया टेक माया घर्ती घाइते भएकी छन् ।

उनको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचारपछि डिस्चार्ज भएको डिएसपी तिवारीले बताए । प्रहरीले बस, स्कुटर र बस चालकलाई नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ