arrow

कारको ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु

logo
निरञ्जन साह,
प्रकाशित २०८१ जेठ ५ शनिबार
shibendra-rohita-patrakar.jpg

धनुषा । जनकपुरधाममा कारले मोटरसाइकलमा ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार शनिबार बिहान ३ बजेतिर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ थापाचोकमा बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो ।

पत्रकार रोहिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ का बासन्दा ३२ वर्षीय रोहिता राजधानी जनकपुर अनलाइनका संचालक एवं मकालु खबरमा कार्यरत थिए ।

मोटरसाइकलमा पछाडि सवार मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् ।

उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ ।

कार र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ