arrow

विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
dead-body-parashi.jpg

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ । 

नेपालगञ्ज उपमहानगरपालिका-२० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सुर्खेतका ३० वर्षीय बालकृष्ण ओलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । 

घटनाबारे अनुसन्धान भइरहेको  र उनका आफन्त अझै सम्पर्कमा नआएकाले शव भेरी अस्पतालमा राखिएको उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ