डोल्पोको धर्म संस्कृतिको संरक्षणमा योगदान पुर्याएको भन्दै गुम्बाका लामालाई सम्मान
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
1.7k
Shares
काठमाडौं । डोल्पाको धर्म संस्कृति भेषभुषाको संरक्षण, प्रवर्द्धन तथा विकासमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उपल्लो डोल्पाका जनप्रतिनिधि लगायतले गुरु निमा सम्डुक गुरुङलाई सम्मान गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच उपल्लो डोल्पाका तीन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरू, डोल्पो समाज लगायतले गुरु निमा सम्डुक गुरुङलाई सम्मान गरेको हो ।
कार्यक्रममा डोल्पो समाजका संस्थापक अध्यक्ष तथा साम्ये छोईलिङ गुम्बाका संस्थापक लामा गुरु निमा सम्डुक गुरुङको योगदानको स्मरण गरिएको थियो ।
उनले विगत लामो समयदेखि समग्र डोल्पोको धर्म संस्कृति भेषभुषाको संरक्षण, प्रवर्द्धन तथा विकासमा उल्लेख्य योगदान पुराएको सहभागीहरूको भनाई छ ।
त्यस्तै कार्यक्रममा उनको दीर्घायु तथा सु-स्वास्थ्यको कामनाको लागि लामा गुरुको विशेष पूजा गरिएको थियो ।