arrow

कमलालाई दुई मतले हराउँदै बिमला सञ्चारिका समूहकी अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
sancharika samuna.jpg

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा बिमला तुम्खेवा विजयी भएकी छिन् । समूहको आठौं महाधिवेशन अन्तर्गत निर्वाचन भएर गए राति घोषणा भएको मतपरिणाम अनुसार बिमला कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी भएकी हुन् ।

बिमलाले ८५ मत ल्याइन् भने पन्थीले ८३ मत प्राप्त गरिन् । यस्तै उपाध्यक्षमा पवित्रा सुनार विजयी भएकी छिन् । उनले गीताकुमारी मैनालीलाई पराजित गरेकी हुन् ।

यसैगरी महासचिवमा बसन्ती बाँस्तोला विजयी भइन् । बसन्तीले यशोदा अधिकारीलाई पराजित गरेकी हुन् । समूहको सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन् ।

सचिवमा दुर्गाले पवन वर्षा शाहलाई पराजित गरिन् । कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गरेकी हुन् ।

महाधिवेशनबाट सदस्यहरूमा ८ जना विजयी भएका छन् । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ