arrow

कीर्तिमानी साझेदारी गरेका दिपेन्द्रको एक दिवसीयमा शतक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
dipendra-singh-airee.jpg

काठमाडौं । दिपेन्द्र सिंह ऐरीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । शनिबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ऐरीले आफ्नो पहिलो शतक प्रहार गरेका हुन् ।

ऐरीले १ सय ४० बलमा ७ चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने उनी तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि नेपालका पारस खड्का (११५ रन) र रोहित पौडेल (१२६ रन) ले शतक प्रहार गरेका थिए । 

पारसले सन् २०१९ मा यूएईविरुद्ध शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए । रोहितले हिजो शुक्रबार पीएनजीविरुद्ध शतक बनाएका थिए । 

शतक प्रहार गरेको खेलमा दिपेन्द्रले देव खनालसँग मिलेर कीर्तिमानी साझेदारीसमेत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ