arrow

देशैभर सेयर तालिम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
Share-Market-Tips.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । देशका विभिन्न स्थानहरुमा सेयर बजार सम्बन्धी तालिम संचालन हुने भएको छ । अर्थ सरोकारको आयोजना र अन्य विभिन्न संघसंस्थाहरुको सहकार्यमा देशभरका विभिन्न १३ स्थानहरुमा सेयर बजारसम्बन्धी तालिम आयोजना हुन लागेको हो । 

तालिम धेरैजसो ठाउँमा निस्शुल्क आयोजना गरिएको छ भने कतिपय ठाउँमा भने निश्चित शुल्क लिएर सेयर बजार सम्बन्धी तालिम संचालन हुन लागेको सेयर सचेतना अभियानका आयोजक अर्थ सरोकारका प्रमुख सुरज प्याकुरेलले बताएका छन् ।

अभियान अन्तर्गत रुकुम, विराटनगर, धरान, दमक, चितवन, जनकपुर, वीरगञ्ज, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, सुर्खेत र धनगढीमा सेयर बजार सम्बन्धी तालिम संचालन हुने भएको हो । सो तालिममा तालिमकर्ताको रुपमा सेयर बजारका पुराना तथा अनुभवी लगानीकर्ता एवम् सेयर बजार विश्लेषक सुवासचन्द्र भट्टराई रहने छन् भने कार्यक्रमलाई स्थानीय संघ संस्थाले सहआयोजना गर्नेछन् ।

सेयर बजार सम्बन्धी सचेतनाको कमी भएकै कारण धेरै लगानीकर्ताहरु सेयर बजारको उच्च विन्दुमा फसेको स्थितिमा यस्ता तालिमले विशेषगरी नयाँ तथा साना लगानीकर्ताहरुलाई सहयोग गर्ने विश्वास आयोजकको छ । 

अभियानको शुरुआत यही चैत्र १९ गते रुकुमको मुसिकोटमा सेयर बजार सम्बन्धी तालिम संचालन भएसँगै हुँदैछ । 

त्यसपछि भक्तपुर, ललितपुर, पोखरा, चितवन लगायतका स्थानमा सेयर बजार सम्बन्धी सचेतना अभियान शुरु हुने प्याकुरेलले जानकारी दिएका छन् ।

पछिल्लो समय देशभर सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या दिनानुदिन बढिरहेको छ । 

झन्डै ५० लाख हाराहारीले डिम्याट खाता खोलिसकेको परिप्रेक्षमा यो तालिम सबैका लागि उपयोगी हुने विश्वास आयोजकको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ