arrow

पीएनजीमाथि नेपालले लियो बदला, सन्दीपको कप्तानी इनिङ्सले टी–२० मा जित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
nepal-t20-cricket-png.jpg

काठमाडौं । कप्तान सन्दीप लामिछानेको तीन विकेट प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर एक सय ६८ रन मात्र जोड्न सक्यो ।

पीएनजीका नोर्मान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्तै, सेसे बाउले ३०, चार्ल्स एमिनीले २२, लेगा सिएकाले २१ र नोर्मान भानुआले १९ रन बनाए ।

पीएनजीविरुद्ध किफायती बलिङ गरेका सन्दीप र करण केसीले समान तीन विकेट लिए । सन्दीपले चार ओभर बलिङमा २२ रन खर्चिदा करणले ४४ रन खर्चिएका थिए । यसबाहेक अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।

लयमा देखिएका भानुआलाई १८।५ ओभरमा करणले पभेलियनको दिशा देखाएपछि नेपाल खेलमा फर्किएका थियो । यसै ओभरको अन्तिम बलमा सिमोन अटाईको विकेट लिएपछि नेपाल जिततर्फ अग्रसर भएको थियो । 

जितसँगै नेपालले टी–२० शृंखलामा सुखद् शुरुआत गरेको छ । यसअघि भएको एक दिवसीय श्रृंखलाका दुवै खेलमा नेपाल पराजित भएको थियो । टी–२० शृंखलामा नेपाल, पीएनजी र मलेसिया सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ