arrow

निर्वाचनमा गठबन्धन गर्नेबारे कांग्रेस आधिकारिक धारणा सार्वजनिक गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
congress-cwc-meeting-2078-12-14.jpg

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने आधिकारिक धारणा आज सार्वजनिक गर्दैछ । गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनमा पक्षमा छन् भने १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी डा. शेखर कोइराला समूह गठबन्धन विना नै निर्वाचनमा जानुपर्ने अडानमा छ । 

कोइराला पक्षले गठबन्धन गर्नुका उद्धेश्य स्पष्ट पार्न पनि माग गरिरहेको छ । सोमबारको बैठकमा समेत नेताहरुले गठबन्धन के र कसका लागि भनी प्रश्न गरेका थिए । त्यसैगरी कम्युनिष्ट पार्टीहरुलाई फेरि मिलाउनका लागि विभिन्न शक्तिहरुको चलखेल भइरहेको र चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा समेत एमाले र माओवादी केन्द्रलाई मिलेर चुनावमा जान आग्रह गरिरहेको सन्दर्भ जोडेर कोइराला समूहले गठबन्धनबारे विचार गर्नुपर्ने माग गरेको हो । 

तर सभापति देउवासँगै संस्थापन पक्षका नेताहरुले गठबन्धन गर्नुको विकल्प नभएको बताउँदै आएका छन् । उनले संस्थापन इतर पक्षका नेताहरुलाई विना गठबन्धन चुनाव जितेर देखाउन पनि चुनौती दिएका छन् । 

संस्थापन इतरले भने पहिले काँग्रेस एकढिक्का हुनुपर्ने र कार्यकर्तामा त्यो सन्देश लैजानुपर्नेमा जोड दिएका छन् । 

कांग्रेसको आजको बैठकले आधिकारिक धारणा दिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् । 



नयाँ