arrow

मलेसियाविरुद्ध नेपाल फिल्डिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
FPEAN9LakAIgO_Z.jpg

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा घरेलु टोली  नेपालले आफ्नो दोस्रो खेलमा अहिले मलेसियासँग खेल्दैछ । कीर्तिपुरस्थित टीयू मैदानमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।

नेपालले पहिलो बलमै विकेट लिएको छ । करण केसीले पहिलो बलमै विरनदीप सिंहको विकेट लिएका हुन् ।

पहिलो ओभरमा करणले १ विकेट लिएर ५ रन दिएकामा दोस्रो ओभरमा भने सोमपाल कामीले धुलाइ खाएका छन् । उनले १६ रन दिएका छन् । 

तेस्रो ओभरमा करणले ८ रन दिएका छन् । 

चौथो ओभर सोमपालले गरेनन् । अविनाश बोहरा आए । उनले ७ रन दिए । 

पाँचौं ओभरमा सोमपालले मात्र दुई रन दिएका छन् । मलेसियाले ५ ओभरमा १ विकेटको क्षतिमा ३८ रन बनाएको छ । 

छैटौं ओभरमा सन्दीप लामिछाने बलिङमा आएका छन् । उनले आफ्नो पहिलो ओभरमै ८ रन दिएका छन् । 

सातौं ओभरसम्म पाँच जना बलरले बलिङ गरिसकेका छन् । सातौं ओभरमा आएका कुशल मल्लले विकेट लिन सफल भएका छन् । उनले सबैभन्दा आक्रामक देखिएका जुबाइदि जुल्किफ्लेको विकेट लिएका छन् । उनी १५ बलमा ३२ रन बनाएर आउट भए । कुशलले मात्र ३ रन दिए । 

आठौं ओभरमा दिपेन्द्र सिंह ऐरीले ५ रन दिएका छन् । 

नवौं ओभरमा आरिफ शेखले ६ रन दिएका छन् । मलेसियाले ९ ओभरमा २ विकेट गुमाएर ६० रन जोडेको छ । 

यही खेलबाट विकेटकिपर ब्याट्सम्यान दिलीप नाथले टी–२० मा डेब्यु गरेका छन् । 

नेपालभन्दा कमजोर आँकिएको मलेसियालाई कमभन्दा कम रनमा रोक्न सके नेपालले लगातार दोस्रो खेल जित्नेछ । 

यो खेल जित्दा नेपालको फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ । शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा  पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो । 

पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ । 
पहिलो खेलमा मलेसियाले समेत पीएनजीलाई पराजित गर्दै राम्रो शुरुआत गरेको थियो । तालिकामा दुबै टोलीको दुई अंक छ ।

नेपाल र मलेसियाबीच हेड टु हेड हेर्ने हो भने नेपालले आफूलाई हाबी भएको सिद्ध गरेको छ । ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एक पटक विजयी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ