arrow

नेपालको टी–२० मा अर्धशतक, एक खेलअघि फाइनल पुग्न पीएनजीविरुद्ध मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
Neppng.jpg

काठमाडौं । नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पचासौं खेल खेल्दैछ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रृंखला क्रिकेट अन्तर्गत नेपालले अहिले पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दै गर्दा खेल संख्याले अर्धशतक पूरा गरेको हो । 

एक खेलअघि नै फाइनलमा स्थान सुरक्षित गराउने लक्ष्यसहित नेपालले श्रृंखलाको तेस्रो खेल खेलिरहेको हो । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ । खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । खेल १२ः३० मा शुरु हुनेछ । 

पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।

नेपाल २ खेलमा लगातार जितसहित ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ ।

मलेसिया २ खेलमा १ जित १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । आपसमा दुई दुई वटा खेल खेलेपछि शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ