arrow

नेपाल त्रिकोणात्मक टी–२० क्रिकेटको फाइनलमा, पीएनजीमाथि ३७ रनको जित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
nepali-players-t20-cricket.jpg

काठमाडौं । नेपाल काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको फाइनलमा पुगेको छ । लगातार तीन जितसहित नेपाल एक खेलअघि नै फाइनलमा पुगेको हो । आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले पराजित गर्यो । त्रिवि क्रिकेट मैदानमा दुई सय चार रनको कठिन चुनौती पछ्याएको पीएनजीले १९.४ ओभरमा अलआउट हुँदै १६६ रनमात्र बनाउन सक्यो । 

पीएनजीका चार्लस अमिनीले ६२ तथा टोनी उराले ४३ रन बनाए । करण केसीले ३ ओभर ४ बलमा २१ रन दिएर ५ विकेट लिए । करण केसीले पीएनजीको पहिलो विकेट लिएसँगै टी–२० मा ५० विकेट पूरा गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । यसअघि कप्तान सन्दीप लामिछानेले यो रेकर्ड बनाइसकेका छन् । 

केसीले ह्याट्रिकसहित पाँच विकेट लिए । उनले १९औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा क्रमशः पिएनजीका चाड सोपर, सिमोन अटाइ र नोसैना पोकनाको विकेट लिए ।

त्यस्तै अविनाश बोहरा र सोमपाल कामीले २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३३ बलमा ६६ रनको अर्धशतकीय इनिङ खेले ।

रोहित पौडेलले २३ बलमा ४१, आसिफ शेखले २९ बलमा ३८, डेब्यु खेलाडी मोहम्मद आदिल आलमले ११ बलमा ३ छक्का र १ चौकाको मद्धतले ३१ तथा कुशल भुर्तेलले १७ रन जोडे । 

टी–२० मा ५० औं अन्तर्राष्ट्रिय खेल खेल खेलेको नेपाल पीएनजीलाई हराएर एक खेल अगाबै फाइनल पुग्न चाहन्छ । श्रृंखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।

शीर्ष दुईमा रहने टिमले उपाधिका लागि फाइनलमा खेल्नेछन् । नेपालले अझै मलेसियासँग खेल्न बाँकी रहेको छ । अहिलेसम्म नेपालले ६, मलेसियाले २ तथा पीएनजीले कुनै अंक जोडेको छैन । 

शुक्रबार पीएनजी र मलेसिया खेल्नेछन् । शनिबार नेपाल र मलेसिया खेल्नेछन् । शीर्ष दुई टोलीले सोमबार उपाधिका लाष् िफाइनल खेल्नेछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ