arrow

स्याङ्जामा आवश्यकता अनुसार गठबन्धन 

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ चैत २० आइतबार
syabja-5-parties.PNG

स्याङ्जा । पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनका लागि छलफल सुरु गरेका छन् । आगामी स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धन गरेर चुनावमा जाने विषयमा छलफल सुरु गरेका हुन् । 

५ दलीय गठबन्धनको केन्द्रीय संयन्त्रको परिपत्र अनुसार स्याङ्जामा पनि आगामी चुनावका बारेमा छलफल भएको नेपाली काँग्रेसका सभापति राजु थापाले बताए । नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएको छलफलमा ५ दलका नेतृत्व तहको सहभागिता रहेको थियो । 

छलफलमा ११ पालिका ९७ वडामा आवश्यकता र औचित्यताका आधारमा तालमेल गर्न सकिने गरी भएको नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता भरतराज लम्सालले जानकारी दिए । हामीले केन्द्रीय संयन्त्रको परिपत्र अनुसार छलफल सुरु गरेका हौँ प्रवक्ता लम्सालले भने,‘५ दलको जिल्लाको बस्तु स्थिति बारे सकारात्मक छलफल भएको छ ।’ ५ दलीय छलफल वडा तह सम्म पुर्‍याउने गरी सकिएको छ उनले भने । 

वडा तहमा ५ दलका साथीहरूले छलफल गर्नुहुन्छ प्रवक्ता लम्सालले भने,‘तालमेलको आवश्यकता  र सुझावको रिर्पोट आएपछि जिल्ला संयन्त्रले यसको टुङ्गो लगाउने छ ।’ वडा तह देखी आएको सुझावलाई आधार मानेर जिल्ला संयन्त्रले पालिका र वडाको उम्मेदवारी टुङ्गाउने छौ उनले भने । 

आवश्यकता अनुसार ५ दलीय गठबन्धनको बैठक, छलफल बस्ने सकिएको बताइएको छ । छलफलमा नेपाली काँग्रेसका सभापति राजु थापा, नेकपा माओवादी केन्द्रका तर्फबाट शैलेन्द्र घिमिरे, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे र जनता समाजवादीका खेमनारायण ढकाल लगायतको सहभागिता रहेको थियो । 

२०७४ को स्थानीय तहको निर्वाचनमा ३ प्रमुख, उपप्रमुख र १ प्रमुखमा नेपाली काँग्रेसले विजयी हासिल गरेको थियो भने ७ पालिकामा प्रमुख उपप्रमुख सहित १ मा उपप्रमुख नेकपा एमालेले विजयी हासिल गरेको थियो । नेकपा एमाले फुटेपछि बनेको नेकपा एकीकृत समाजवादी पछिल्लो समय सङ्गठन निर्माणमा निकै आक्रामक देखिएको छ ।  

२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले एक वडा अध्यक्षमा विजयी हासिल गरेको थियो । स्याङ्जामा ५ दलीय गठबन्धन तालमेल गरी आगामी स्थानीय तहको निर्वाचनमा गएमा नेकपा एमालेलाई विजयी हासिल गर्न निकै चुनौती देखिन्छ । स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस घरदैलो गरिरहेको  छ भने नेकपा एमाले वडा भेला गरिरहेका छ । नेकपा माओवादीले पालिका स्तर र नेकपा समाजवादीले सङ्गठन बिस्तार सँगै चुनावी अभियानमा लागेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ