arrow

निर्वाचनमा निष्पक्ष कलम चलाउन काउन्सिलका अध्यक्षको अनुरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
balkrishna-basnet.PNG

दाङ । स्थानीय तहको निर्वाचनमा पत्रकारले निष्पक्ष रुपमा कलम चलाउन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनुरोध गरेका छन् । उनले पत्रकार चुनावको समयमा निकै संवेदनशील हुनुपर्ने बताएका हुन् ।

बस्नेतले निर्वाचनलाई स्वच्छ,मर्यादित र भयरहित तरिकाले सम्पन्न गराउनका लागि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भए पनि पत्रकारहरू राजनीतिक दलको भातृसंगठन जसरी भूमिका निर्वाह गरिरहेको भन्दै यसले नागरिकको सही सूचना पाउने अधिकार कुण्ठित हुने समेत बताए ।

निर्वाचनको बेला सञ्चार माध्यमलाई पत्रकार आचारसंहिता उल्लङ्घनको विषयमा अनुगमन गर्ने संयन्त्र रहेको भन्दै त्यसले एकदमै कडाइकासाथ अनुगमन गर्ने समेत बताए । 

चुनाव केन्द्रित मिडिया सञ्चालन गर्ने, चुनावलाई प्रभाव पार्ने गरि एकलौटी ढङ्गले समाचार सम्प्रेषण गर्ने जस्ता कार्य हुने गरेको भन्दै यस्तो कार्यलाई नियमन गरिने उनको भनाई छ ।

साथै पत्रकारहरू राजनीतिक दलमा सक्रिय हुन नहुने समेत उनको भनाई थियो । विचार राख्नु पर्छ, तर, राजनीतिक दलमा आबद्ध भएर लाग्नु भने गलत रहेको उनको भनाई थियो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ