arrow

बम-गोलीको दौडमा विश्व : २०३० सम्म परमाणु हतियारको बजार ७३ प्रतिशतले बढ्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
nuclear-missiles.png

काठमाडौं । आणविक क्षेप्यास्त्र र बमहरूको लागि विश्वव्यापी बजार १० वर्ष भित्रमा १२६ बिलियन अमेरिकी डलर नाघ्ने देखिएको छ । जुन सन् २०२० को तुलनामा झन्डै ७३ प्रतिशतले बढी हो ।

युक्रेनमा रूसले गरेको आक्रमणका कारण सैन्य खर्चलाई बढावा दिइएपछि एलाइड मार्केट रिसर्चले सोमबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।

पोर्टल्याण्डमा आधारित अनुसन्धान फर्मको अनुमानले सन् २०२० मा ७३ अर्ब अमेरिकी डलर रहेको परमाणु क्षेप्यास्त्रको बजार सन् २०३० मा ७२.६ प्रतिशतले बढ्न सक्ने देखाएको हो ।

भूराजनीतिक द्वन्द्व र ठूला सैन्य बजेटमा भएको वृद्धिले सन् २०३० सम्ममा ५.४ प्रतिशतको वार्षिक चक्रवृद्धि दरमा आँकडा बढ्ने रिपोर्टले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत हप्ता एक शान्तिकालीन राष्ट्रिय रक्षा बजेट अनुरोध गरेका थिए । जसले ब्यालिस्टिक मिसाइल पनडुब्बी, बमवर्षक र भूमिमा आधारित मिसाइलहरूको आणविक हतियारलाई आधुनिकीकरण गर्न प्राथमिकता दिनेछ ।

विमान र भूमिमा आधारित क्षेप्यास्त्रहरू मार्फत सजिलैसँग तैनाथ गर्न सकिने साना आणविक वारहेडहरूको मागमा द्रुत बृद्धि हुने रिपोर्टले जनाएको छ ।

यद्यपि पनडुब्बीबाट प्रक्षेपण गर्न मिल्ने ब्यालिस्टिक मिसाइलहरूले सन् २०२० मा बजारको एक चौथाई हिस्सा ओगटेको छ।

२०२० मा उत्तर अमेरिकाले आधाभन्दा बढी विश्वव्यापी बजारमा प्रभुत्व जमाएको देखिए पनि भारत, पाकिस्तान र चीनले आफ्ना आणविक हतियारहरूलाई बलियो बनाउने प्रयासमा एसिया प्रशान्त क्षेत्रमा सबैभन्दा बडी आणविक हतियारको माग बढ्ने अनुमान गरिएको छ ।

यद्यपि अन्तर्राष्ट्रिय सन्धि र कन्सोर्टियमहरूले आणविक परीक्षणलाई निरुत्साहित गर्ने र यसले बजारको वृद्धिमा बाधा पुर्‍याउँने रिपोर्टमा उल्लेख छ ।

तथापि सन् २०२० मा यो बजारको दुई तिहाई भन्दा बढी हिस्सा सक्रिय हतियार अर्थात् पूर्ण तयार हतियारको थियो । 

बेलायत, चीन, फ्रान्स, रुस र संयुक्त राज्य अमेरिकाले यस वर्षको शुरुमा एक संयुक्त विज्ञप्ति जारी गर्दै आणविक युद्धमा कोही पनि जित्न नसक्ने भन्दै यसलाई निरुत्साहित गर्नुपर्ने जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ