arrow

हेगको अन्तर्राष्ट्रिय सम्मेलनमा १९७१ को बङ्गलादेश नरसंहारलाई मान्यता दिन माग

logo
एजेन्सी,
प्रकाशित २०७८ चैत २३ बुधबार
hague-bangaladesh-genocide.jpg

हेग । सन् १९७१ को मार्च-डिसेम्बरमा भएको बङ्गलादेश नरसंहारलाई अन्तर्राष्ट्रिय मान्यता दिन माग गरिएको छ। नरसंहारका पीडित र उनीहरूका सन्तानहरूलाई सम्मान गर्नुपर्ने आवश्यकतालाई हाई लाइट गर्दै एक अन्तर्राष्ट्रिय सम्मेलनमा वक्ताहरूले सो मान्यता दिन आग्रह गरेका हुन् ।

युरोपस्थित बङ्गलादेशी डायस्पोरा सङ्गठन युरोपेली बङ्गलादेश फोरम (इबीएफ) ले लेडेन विश्वविद्यालय युनिसेफ विद्यार्थी टोलीसँगको सहकार्यमा हेगस्थित लिडेन विश्वविद्यालयमा बिहीबार आयोजित ‘बङ्गलादेश : नरसंहारपछिको न्याय’ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त माग गरिएको हो।

सम्मेलन हेग र सेसा (दक्षिण पूर्व र दक्षिण एसियाली) क्लब अन्तर्राष्ट्रिय सम्बन्ध र सङ्गठन विद्यार्थीहरूको समुदायद्वारा आयोजित गरिएको हो। नेदरल्याण्डका विभिन्न विश्वविद्यालयहरूका विद्यार्थीहरू सम्मेलनमा सामेल भएका थिए। 

बङ्गलादेश सांसदका पूर्व सदस्य एम महजबीन खालिदले आफ्नो व्यक्तिगत कथा साझा गर्दै भनिन्, 'त्यो विषय मेरो र मेरो परिवारको लागि एकदमै व्यक्तिगत हो। मुक्तिको युद्धले मलाई परिभाषित गर्दछ र म आज के छु। सन् १९७१ को मुक्ति युद्धले हजारौँ व्यक्तिगत कथाहरू सुनाएको छ र म आशा गर्छु कि २१औँ शताब्दीमा विश्व समुदाय बङ्गलादेशको साथमा उभिनेछ, सम्झना मात्रै होइन, सन् १९७१ को बङ्गलादेश नरसंहारलाई मान्यता दिन पनि।'

बङ्गलादेशका संस्थापक शेख मुजिबुर रहमानलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अमेरिकाका लागि पाकिस्तानका पूर्व राजदूत हुसैन हक्कानीले भने, 'उनी बाँचेको भए, जनतामा भएको त्रासदीका लागि उनले पाकिस्तानबाट औपचारिक माफी माग्ने विचारलाई समर्थन गर्ने म निश्चित छु। बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामको समयमा यो मागलाई म जस्ता पाकिस्तानी असन्तुष्टहरू जस्तै निष्पक्ष विचारधाराले समर्थन गरेको छ।'

सन् १९७१ मा बङ्गलादेशमा भएको नरसंहारमा पाकिस्तानी सेनाले जानाजानी लाखौँ बङ्गलादेशी नागरिकलाई हत्या, बलात्कार र हिंसा गरेका थिए। अधिकारवादी समूहले सन् १९७१ को डरलाग्दो घटनालाई इतिहासकै सबैभन्दा नराम्रो सामूहिक अत्याचार मानिएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ