arrow

गोली र चक्कु प्रहार गरिएको अवस्थामा महराको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
hatya-murder.jpg

धनुषा । धनुषामा गोली र चक्कु प्रहार गरी हत्या गरेको अवस्थामा एक युवकको शव फेला परेको छ ।

जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर–७ लोहाफोरस्थित गहुँ खेतमा सोही स्थानका करिब १८ वर्षीय विजय महराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । स्थानीयले युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी उपरीक्षक रजौरेले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताए । उनका अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको जस्तो देखिएको छ भने पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरेको जस्तो घाउ देखिएको छ ।

शवको मुचुल्का बनाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी रजौरेले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ