arrow

विदुर नीति : ज्ञानी मानिसमा हुन्छन् यी गुण

ज्ञानी कसलाई भन्ने ?

logo
विदुर नीति,
प्रकाशित २०७८ चैत २३ बुधबार
king-and-sadhu-vidur.jpg

काठमाडौं ।  महात्मा विदुरको विदुर नीतिमा ज्ञानी व्यक्तिको पहिचान सम्बन्धी महत्त्वपूर्ण जानकारी दिइएको छ । विदुरले भनेका कुराहरू आजको समयमा पनि त्यति नै सान्दर्भिक छन्, जति त्यति बेला थियो। यी श्लोकहरू मार्फत एक बुद्धिमान व्यक्तिको विशेषताहरू बताएका छन् ।

नाप्राप्यमभिवाञ्छन्ति नष्टं नेच्छन्ति शोचितुम् ।
आपत्सु च न मुह्यन्ति नराः पण्डितबुद्धयः ॥

जो व्यक्ति दुर्लभ वस्तु प्राप्त गर्ने इच्छा गर्दैन, नाश नहुने वस्तुमा शोक गर्दैन र विपत्ति आएमा डराउँदैन, साहसपूर्वक त्यसको सामना गर्छ, त्यो नै ज्ञानी हो ।

क्रोधो हर्षश्च दर्पश्च ह्रीः स्तम्भो मान्यमानिता।
यमर्थान् नापकर्षन्ति स वै पण्डित उच्यते ॥

जो क्रोध, अहङ्कार, दुष्कर्म, अति-उत्साह, स्वार्थ, उद्दण्डता इत्यादि आदि दुर्गुणहरूमा आकर्षित हुँदैनन्, उ नै साँचो ज्ञानी हो। ज्ञानी मानिसले आफ्नो राजधर्म तटस्थ भावले गर्छ।

यस्य कृत्यं न विघ्नन्ति शीतमुष्णं भयं रतिः ।
समृद्धिरसमृद्धिर्वा स वै पण्डित उच्यते ॥

जो व्यक्ति  चिसो-गर्मी, धनी-गरिब, प्रेम-द्वेष आदि परिस्थितिमा पनि विचलित हुँदैन र तटस्थ भावले आफ्नो राजधर्म निभाउँछ, त्यो नै साँचो ज्ञानी हो ।

क्षिप्रं विजानाति चिरं शृणोति विज्ञाय चार्थ भते न कामात्।
नासम्पृष्टो व्युपयुङ्क्ते परार्थे तत् प्रज्ञानं प्रथमं पण्डितस्य ॥

ज्ञानी व्यक्तिहरूले कुनै पनि विषय चाँडै बुझ्छन्, तर लामो समयसम्म धैर्यपूर्वक सुन्छन्। कुनै पनि काम इच्छा नभई कर्तव्य सम्झेर गर्छन्  र कसैको बारेमा व्यर्थको कुरा गर्दैनन् ।

आत्मज्ञानं समारम्भः तितिक्षा धर्मनित्यता।
यमर्थान्नापकर्षन्ति स वै पण्डित उच्यते ॥

जो आफ्नो योग्यतालाई राम्ररी चिनिन्छ, आत्माज्ञानी हो  र त्यस अनुसार कल्याणकारी काम गर्छ, जसमा दु:ख सहन सक्ने शक्ति हुन्छ, प्रतिकूल परिस्थितिमा पनि धर्म मार्गबाट ​​विचलित हुँदैन, त्यसैलाई सच्चा ज्ञानी भनिन्छ।

यस्य कृत्यं न जानन्ति मन्त्रं वा मन्त्रितं परे।
कृतमेवास्य जानन्ति स वै पण्डित उच्यते ॥

अन्य व्यक्ति जसको कर्म, व्यवहार, गोपनीयता, सल्लाह र विचार काम पूरा भएपछि मात्र थाहा हुन्छ, त्यो व्यक्ति ज्ञानी भनिन्छ।



नयाँ