arrow

लुटपाटपछि सुखरीदेवीको ओछ्यानमै हत्या 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
crime.jpg

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनको गएराति हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृतक चौधरीलाई उनकै घरमा ओछ्यानमा हत्या गरी छाडेको पाइएको श्रीमान बच्चुलाल चौधरीले बताए । घरमा उनलाई मात्र छाडेर अन्य सदस्य बाहिर गएको मौकामा हत्या गरेको हुन सक्ने बताइएको छ ।

श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार गएका बच्चुलाल घर फर्किदा सुखरीदेव मृत अवस्था फेला पारेको उनले बताए । दिउँसो गाउँमा भारतीय मुलको दुई जना कालो कपडा लगाउने अघोरी बाबा आएको स्थानीयबासीले बताएका छन् । 

घटनास्थलमा मृतकले लगाएको नाक, कानको गहना लुटपाटको अवस्थामा फेला पारेको थियो । मृतक चौधरीको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ