काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो । सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।