arrow

जनप्रतिनिधिका राम्रा नराम्रा कार्यहरुको गहिराइसम्म पुगेर लेखिदिने नै पत्रकार 

logo
युवराज रेग्मी,  
प्रकाशित २०७८ चैत २७ आइतबार
277615202_519709546280756_3054300648116593745_n.jpg

झापा । झापाको कन्काई नगरपालिका दुर्गापुरमा खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौती विषयक दुई दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना  तथा कन्काई नगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षण कार्यक्रममा जिल्लाका सक्रिय सञ्चारकर्मीहरुको उल्लेख्य  सहभागिता रहेको थियो । 

शनिबार पहिलो दिनः 
कन्काई  नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रशिक्षणको उद्घाटन गरे । सम्बोधनका क्रममा नगर प्रमुख पोखरेलले पत्रकारहरुलाई सत्य समाचारमात्र सम्प्रेषण गर्न अनुरोध गरे ।  

आफू जनप्रतिनिधि भएकोले आफू जस्ता जनप्रतिनिधिहरुले गरेका राम्रा नराम्रा कार्यहरुको गहिराइसम्म पुगेर लेखिदिने नै पत्रकार भएकोले आफूले गरेका गल्ती देखाइदिने काम पत्रकारहरुको रहेको बताए ।

मिथ्या समाचार सम्प्रेषण जस्ता गलत क्रियाकलापको आफू पनि केही हदसम्म  पीडित रहेको बताउँदै सत्य तथ्यमा जोड दिएर जनप्रतिनिधिलाई झक्झक्याउन उनले सुुझाए । 

कार्यक्रमका प्रशिक्षक खोज पत्रकार तथा सम्पादक मोहन मैनालीले पत्रकारिता क्षेत्रमा वर्तमानसम्म आइपुग्दा मिथ्या सूचना सम्प्रेषण चुनौतीको रुपमा रहेको बताए । उनले कार्यक्रमको दौरान साधारण समाचार र फिचर लेखनका सबालमा आवस्यक जानकारीहरु प्रस्तुत गरेका थिए ।

फिचर लेखनले पत्रकारको सिर्जनशीलतामा अभिवृद्धि  गराउनुका साथै पाठकलाई एउटा निष्कर्ष निकाल्न मद्धत पुग्ने बताए । साथै फिचर लेखनले समाजलाई सतर्क गराउने र समाजको आखा खुलाउनेबारे प्रस्ट्याएका थिए ।

त्यसैगरी खोज पत्रकारिताको बारेमा प्रशिक्षण दिँदै  प्रशिक्षक मैनालीले खोज पत्रकारिता कार्य चुनौतीपूर्ण हुनुका साथै ब्यक्ति वा संस्थाले गरेका गलत कामहरु उजागर गर्न कोसेढुङा साबित हुने बताए ।  

खोज पत्रकारले असहयोगी  श्रोतहरु बाट पनि सूचनाहरु  लिनुपर्ने बताउँदै खोज पत्रकार हुन आवस्यक गुण हुनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख मन्जु दाहाललेसमेत मन्तव्य राखेकी थिइन् ।

आइतबार दोस्रो दिनः 
दुर्गापुरस्थित सगुन रेस्ट्रो एन्ड पार्टी प्यालेसमा आयोजित दुई दिवसीय प्रशिक्षक कार्यक्रमको समापन कार्यक्रमका प्रमुख अथिती पत्रकार महासंघ झापाका  पूर्व अध्यक्ष केशव आचार्यले सबैभन्दा सरल र सबैभन्दा असल व्यक्तिमात्र पत्रकार हुनुपर्ने बताउँदै साहित्य र पत्रकारिता फरक विषयवस्तु भएता पनि पत्रकारितामा साहित्यलाई समावेश गर्न सके मिठास थपिने बताए । 

त्यस्तै वर्तमान अध्यक्ष गिरीले झापाली पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि आगामी दिनहरुमा पनि आवस्यक तालिम दिइने बताए । उनले बिर्तामोडस्थित महासंघको  निर्माणाधीन अवस्थामा रहेको कार्यालय भवनमा सुबिधासम्पन्न पुस्तकालय बनाउने र पत्रकारहरुका  लागि आवस्यक सम्पूर्ण पुस्तकहरुको संग्रह उक्त पुस्तकालयमा रहने  बताए  ।

समापन कार्यक्रमको अन्त्यमा सम्पूर्ण ४९ प्रशिक्षार्थीहरुलाई प्रशिक्षणको प्रमाणपत्र प्रदान गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ