जुम्ला कांग्रेसमा गठबन्धन नगर्ने निर्णयविरुद्ध सभापति शाही, अन्य पदाधिकारीको विरोध [विवरणसहित]
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २८ सोमबार
1.2k
Shares
जुम्ला । जुम्लामा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्ताधारी गठबन्धन दलहरुसँग गठबन्धन नगर्ने निर्णयविरुद्ध सभापति कर्णबहादुर शाही नै गएका छन् ।
कांग्रेसका जिल्ला कार्यसमितिको पूर्ण बैठकबाट गठबन्धन नगर्ने भनी सर्वसम्मत निर्णय भएकामा निर्णयको मर्म र भावना विपरीत सभापति शाहीले एकलरुपमा गठबन्धन दलहरुसँग बैठक बसी जुम्लामा गठबन्धन गर्ने निर्णय गरेका हुन् ।
सो निर्णयको विरोध गर्दै कांग्रेस जिल्लाका उपसभापतिदेखि क्षेत्री सभापतिसम्मले गम्भीर आपत्ति र असहमति जनाएका छन् ।
उनीहरुले निरंकुश शैलीमा गरिएको निर्णयप्रति घोर भत्र्सना गर्दै जुम्ला जिल्लामा नेपाली कांग्रेस आउने स्थानीय तहको निर्वाचनमा एक्ला एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्नेसमेत जनाएका छन् ।