arrow

पाँच दलीय गठबन्धनको बैठक बस्दै, निर्वाचनमा तालमेलको मोडालिटी टुंग्याउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
gathabandha-five-parties (1).jpg

काठमाडौं । पाँच दलीय सत्ताधारी गठबन्धनका शीर्षसहित उच्चस्तरीय राजनीतिक संयन्त्र र निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने भएको हो । 

बैठकले निर्वाचनमा तालमेलको ‘मोडालिटी’, उम्मेदवार मापदण्ड र प्रक्रियासहितको निर्णय गर्ने गठबन्धनले जनाएको छ । गठबन्धनका नेताहरूले सोमबार गठबन्धनले बनाउने उम्मेदवारहरूलाई विजयी बनाउन मतदाताहरूसँग मत मागेका छन् । 

गठबन्धनसहित निर्वाचनमा जान चाहनुको कारण पनि प्रष्ट पारेका छन् । यसअघि आइतबारसम्म चारपटक निर्वाचन तयारी तथा अनुगमन समितिले तालमेलको ‘मोडालिटी’बारे छलफल गरेको थियो । 

पालिका, जिल्ला र प्रदेशस्तरमा गठन गरेको गठबन्धनको संयन्त्रले पठाएको प्रतिवेदन र सुझावको आधारमा मोडालिटीबारे समितिले छलफल गरेको हो । 

कांग्रेसले आवश्यकता र औचित्यका आधारमा स्थानीय तहमा गठबन्धन गर्न सकिने निर्णय गरेको भए पनि केही स्थानमा भने विवाद कायमै छ । सोमबार मात्रै विवादित क्षेत्रमा संयन्त्रले हस्तक्षेप गर्न सक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ