arrow
ADVERTISEMENT

भियतनाममा स्वतन्त्रताको दुरुपयोग गरेको आरोपमा पत्रकारलाई जेल हालियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
vietnam-journalist.jpeg

काठमाडौं । भियतनामी पत्रकार गुयेन होइ नामलाई हो ची मिन्ह सिटीको जन अदालतले अप्रिल ५ मा राज्यको आलोचना गरेको प्रतिवेदन प्रकाशित गरेको भन्दै तीन वर्ष छ महिनाको जेल सजाय सुनाएको छ। 

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)ले गुयेन होइ नामको सजायको निन्दा गर्दै उनीमाथि लगाइएका सबै आरोपहरू तत्काल खारेज गर्न अदालतलाई आग्रह गरेको छ ।

भियतनामको दण्ड संहिताको धारा ३३१ उल्लङ्घन गरेको भन्दै उनलाई साढे तीन वर्षको जेल सजायत तोकिएको हो ।

बीबीसीका अनुसार, अदालतको अभियोगमा भनिएको छ कि २०१८ मा, हो ची मिन्ह सिटी कानून अखबारका लागि स्थानीय रिपोर्टर नामले भियतनाम इनल्याण्ड वाटरवे एडमिनिस्ट्रेशनको बारेमा एउटा खोजमूलक लेख प्रकाशित गरेका थिए । जसमा विभागसँग सम्बन्धित कथित भ्रष्ट गतिविधिहरू उनले सार्वजनिक गरेका थिए ।

आफ्नो फेसबुक अकाउन्टबाट उनले लेफ्टिनेन्ट जनरल ट्रान भान भे र सार्वजनिक सुरक्षा मन्त्रालयको अनुसन्धान एजेन्सीका धेरै अन्वेषकहरूलाई भ्रष्टाचार र घुसखोरीको आरोप समेत लगाएका थिए ।

नामलाई अप्रिल ३, २०२१ मा उनले सामाजिक सञ्जालमा लेखेको पोस्टकै कारण पक्राउ गरिएको थियो । 

'नामको सजाय भियतनामी अधिकारीहरूले स्वतन्त्र पत्रकारिता र वैध रिपोर्टिङलाई रोक्न खोज्ने प्रयास हो।' आईएफजेले उनलाई 'तत्काल रिहा गर्न र पत्रकारले उत्पीडनको डर बिना काम गर्न सकुन भनेर भियतनामी दण्ड संहिताको धारा ३३१ खारेज गर्न भियतनामी सरकारलाई आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ