arrow
ADVERTISEMENT

इजरायली आक्रमणले गाजामा रहेको 'एसोसिएट प्रेस' र 'अलजजेरा'को कार्यालय धवस्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १ शनिबार
isreal.jpg

काठमाडौं। कतारको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजाजेरा र अमेरिकी समाचार एजेन्सी एसोसिएट प्रेस (एपी न्युज)को कार्यालय रहेको गाजा स्थित भवन इजरायली आक्रमणले ध्वस्त पारेको छ ।

इजरायली हवाइ आक्रमण उक्त भवन ध्वस्त पारेको हो । सो भवनमा अलजाजेरा र एपीन्युजको कार्यालय रहेको थियो ।

एघार तलाको अल जलाला भवन ध्वस्त हुँदा मानविय क्षति भयो या भएन भन्ने विवरण आइसकेको भने छैन् । आक्रमण हुनुको एक घण्टा अगाडि सो भवनमा रहेका व्याक्तिहरुलाई आक्रमण हुनेबारे जानकारी गराइएको थियो ।

इजरायलले प्यालेस्टिनमा गरिरहेको आक्रमणमा हालसम्म १ सय ४० जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये ३९ बालबालिका रहेका छन् भने ९५० भन्दा बढी घाइते भएका छन् । दशकौंदेखि प्यालेस्टिनी र इजरायलीबीच यो क्षेत्रमा विवाद जारी रहेको छ ।

प्यालेस्टिनमा रहेको हमास समुहले सुरुमा आक्रमण गरेपछि इजरायलले बदलामा आक्रमण सुरु गरेको थियो । जुन निरन्तर जारी छ र इजरायललले प्यालेस्टिनसँगको विवाद सधैंका लागि समाप्त गरेर आक्रमण रोक्ने चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ