arrow
ADVERTISEMENT

मानव अधिकारका पक्षमा लेख्ने पत्रकारलाई चीनले जेल हाल्यो, रिहाइ गर्न अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
IFJ-1.jpeg

काठमाडौं। चीनको वी सर्कल नेटवर्कमा मानव अधिकार सम्बन्धी समाचार लेख्ने पत्रकार झोउ विलिनलाई चिनियाँ अधिकारीहरूले पक्राउ गरी करिब साढे ३ वर्ष जेल सजाय तोकेका छन् ।

मानवअधिकार दुरुपयोगको विषयमा उनले लेखेको समाचारको विषयलाई लिएर उनलाई जुलाई २९ मा पक्राउ गरिएको थियो । 

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)नेतृत्वको सरकारकाले खासगरी आफ्ना आलोचकहरूलाई झगडा उठाउने र समस्या भड्काउने कार्यमा दोषी देखाउँदै जेल हाल्ने गरेको छ ।

पत्रकार विलिनलाई पनि यसैमा दोषी देखाएर जेल हालिएको छ । यो विषयमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे)ले गम्भीर चिन्ता व्यक्त गर्दै पत्रकार विलिनको तत्काल रिहाइ गर्न माग गरेको छ । 

आईएफजेले एक विज्ञप्ति सार्वजनिक गर्दै पत्रकार विलिनको रिहाइको माग गरेको हो ।

यस्तै चीन सरकारलाई प्रेस लक्षित कानुन हटाउन एवं अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न समेत आईएफजेले माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ