arrow
ADVERTISEMENT

वरिष्ठ पाकिस्तानी पत्रकारलाई छापा मारेर गिरफ्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
Mohsin_Jamil_Baig.jpeg

काठमाडौं । पाकिस्तानका वरिष्ठ पत्रकार मोहसिन जमील बेगलाई इस्लामावाद प्रहरीले गिरफ्तार गरेको छ । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले उनको निवासमा छापा मार्दै फेब्रुअरी १६ मा प्रहरीले उनलाई आतंकवाद विरोधी ऐन अन्तर्गत पक्राउ गरेको बताएको छ ।

इन्टरनेशनल फेडेरेसन अफ जर्नलिस्ट (आईएफजे)ले र यसको पाकिस्तान सम्बद्ध संस्था, पाकिस्तान फेडरल युनियन अफ जर्नलिस्ट (पीएफयुजे) ले यसरी पाकिस्तानमा पत्रकारहरूमाथि बढ्दो आक्रमणको निन्दा गरेको छ ।

पाकिस्तानका संघीय सञ्चारमन्त्री मुराद सइदले उनीविरुद्ध साइबर क्राइमको उजुरी दिएपछि उनको निवासमा एफआईएले छापा हानेको थियो ।

दैनिक जिन्ना र अनलाइन समाचार एजेन्सीका मालिक र सम्पादकसमेत रहेका बेगले छापा मार्ने क्रममा पेस्तोल समातेर एफआईए अधिकारीहरूतर्फ औंल्याएको एक प्रहरी अधिकारीको भनाइ छ ।

बेगका प्रवक्ताले एफआइएसँग उनको गिरफ्तारीको कुनै वारेन्ट नभएको र छापा मार्दा बेगलाई कुटपिट गरिनुका साथै उनको परिवारका सदस्यहरूमाथि दुव्र्यवहार भएको बताएका छन् ।

एफआईएका अनुसार पाकिस्तान सरकारको नीतिको खुलेर आलोचना गर्दै आएका बेगले एक टक शोमा मन्त्री सइदको बारेमा छलफल गर्दा 'अनैतिक र अपमानजनक भाषा' प्रयोग गरेका थिए ।

गिरफ्तारी पछि बेगका वकिलले पत्रकारको 'अवैध नजरबन्द' को विरुद्धमा याचिका दायर गर्दै उनको घरमा छापा मार्ने एफआईए अधिकारीहरू 'त्यसो गर्न अधिकृत नभएको' बताएका छन् ।

पाकिस्तान फेडरल युनियन अफ जर्नलिस्ट (पीएफयुजे)ले यो घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पीएफयुजेका महासचिव राना मुहम्मद अजीमले गृह र सञ्चार मन्त्रीलाई मोहसिन विरुद्धका आरोपहरू सार्वजनिक गर्न र उनका लागि न्याय सुनिश्चित गर्न माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ