arrow

नेपालगञ्ज मेयरमा कांग्रेसबाट विष्टसहित १४ जना सिफारिस 

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ चैत ३० बुधबार
278104967_5129079180507706_239164319354079416_n.jpg

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले १४ जनाको नाम सिफारिस गरेको छ । उपमेयरमा ११ जना सिफारिस भएका छन् । नेपालगञ्ज नगर सभापति प्रशान्त विष्टले कांग्रेसको केन्द्रीय परिपत्र अनुसार माथिल्लो तहमा नाम सिफारिस गरिएको बताए । 

मेयरमा रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनिल राणा, निरञ्जनसिंह सिजापति, डा. सुरेशकुमार कनोडिया, माया पुन, अजितकुमार शर्मा, रविन्द्रमान श्रेष्ठ, विरेन्द्रबहादुर शाह, अच्युतप्रसाद प्रसाईं, ललित रौनियार, मो. कादिर जोलाहा र दिवाकर खनालको नाम सिफारिस गरिएको छ । 

यस्तै उपमेयरमा रेणु सिंह ठाकुर, दीक्षा कोइराला, रत्न राणा, शिवकुमार बर्मा, पूर्ण सिंह ठकुरी, मिनाकुमारी बोहरा, नारायणी रुपाखेती, मो. कमाल अन्सारी, गोकर्ण शाही, बन्दना सिंह र अतुलकुमार गुप्ता सिफारिस भएका छन् । 

कांग्रेस विधानअनुसार उपमहानगरपालिकाको टिकट वितरणको अधिकार प्रदेश कार्यसमितिलाई छ । तर चुनावी गठबन्धन गरेका सत्ता साझेदार दलहरुले उपमहानगरपालिकाको मेयर उपमेयर केन्द्रबाटै बाँडफाँड गरेर स्थानीय सिफारिसका आधारमा केन्द्रबाट उम्मेदवार टुंगो लगाउने सम्भावना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ