- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वीरगन्ज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाराबाट बढी उजुरी परेका छन्। सबैभन्दा बढी जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको रहेको तथ्याङ्कले देखाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका अनुसार बाराका १६ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७७-७८ मा सबैभन्दा बढी जितपुरसिमरा उपमहानगरपालिकामा ३६ उजुरी परेका छन्। चालु आव २०७८-८९ को फागुन मसान्तसम्ममा ४० उजुरी परेको आयोगले जनाएको छ। गत आव र चालु आवमा ३७ उजुरी फर्छ्योट गरिएको छ।
यसै गरी बाराको कलैया उपमहानगरपालिकामा गत आव र चालु आवमा गरी ५४ उजुरी परेका छन्। यीमध्ये २९ उजुरी फर्छ्योट गरिएको। आयोगको क्षेत्राधिकारभित्र १५ जिल्ला पर्छन्। बाराबाट ३०४ उजुरी परेकामा १७५ फर्छ्योट गरिएको आयोगले जनाएको छ।