arrow

आखिर कति छ एकीकृत समाजवादीको शक्ति ?

logo
आकाश शर्मा,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
madhav-nepal-maithili.jpg
फाइल तस्बिर

काठमाडौँ। एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी (एस) पार्टीले आफ्नो औकातभन्दा बढी सिट दाबी गरेको भन्दै गठबन्धनभित्र आलोचना भइरहेको छ। गठबन्धन दलहरूबिच भागबन्डाको कुरा नटुङ्गिएका बेला एस पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो क्षमताभन्दा बढी सिट मागेको भन्दै आलोचना हुन थालेको हो।

गठबन्धनमा उनको आलोचना भएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो शक्तिको अवमूल्यन नगर्न गठबन्धनकै अन्य दललाई सार्वजनिक रूपमा चेतावनी दिएका दिए। शक्तिबारे भ्रममा परेर आफूहरूमाथि अपमानपूर्ण व्यवहार भइरहेको भन्दै त्यस्तो चेतावनी दिए। यद्यपि एस पार्टी बनेपछि स्थानीय तहमा भने न्यून सहभागिता रहेको तथ्याङ्क फेला परेको छ। त्यति मात्र होइन उनले एमालेले जितको स्थानीय तहमा आफ्नो पार्टीको हक लाग्ने भन्दै आधा सिटमा दाबी गरेपछि झन् समस्या उत्पन्न भएको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एस पार्टीले अलि बढी नै सिट मागेका कारण गठबन्धनमा समस्या उत्पन्न भएको भन्ने अभिव्यक्ति आफ्नो पार्टीका नेताहरूको भेलामा बताएका थिए। यद्यपि प्रचण्डले यो विषयमा बाहिर कुनै अभिव्यक्ति दिएका छैनन्। माओवादी अध्यक्ष प्रचण्डले त्यस्तो अभिव्यक्ति दिएको मिडियामा हल्ला आएपछि एस पार्टीका अध्यक्ष नेपालले आफ्नो शक्तिलाई कमजोर नआँक्न चेतावनी दिएका हुन्।

कति छन् एस पाटीमा ?
एमाले छाडेर आफ्नो पार्टीमा आएका देशभरका जनप्रतिनिधिहरूको विवरण सङ्कलन गर्दा एस पार्टीमा करिब १ हजार पाँच सय मात्रै रहेका छन्। पार्टी  उपमहासचिव जगन्नाथ खतिवडा र विजय पौडेल नेतृत्वको टोलीले एमालेबाट आएका जनप्रतिनिधिको नामावली तयार पारेको थियो। एमालेले जितेका २ सय ९८ वटा स्थानीय तहका प्रमुख-अध्यक्षमध्ये अहिलेसम्म २६ जना मात्रै एकीकृत समाजवादीमा खुलेका छन्।

एस पार्टी स्रोतले दिएको जानकारी अनुसार डोल्पाको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही, दैलेखका महाबु गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाही, सल्यानको सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउने, कालिकोटको नरहरिनाथ गाउँपालिका प्रमुख धीरबहादुर विष्ट, शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाई एस पार्टीमा रहेका छन्।

त्यसै गरी मुगको सोरु गाउँपालिका उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बम, दैलेखको नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, खत्याड गाउँपालिका उपाध्यक्ष जयनन्दा रावल, मुगुम कार्मारोङ गाउँपालिका उपाध्यक्ष छिरिङ तामाङ, दैलेखको महाबु गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढा, सल्यानको कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा, कालिकोटको शुभकालिका गाउँपालिका उपाध्यक्ष पुष्पाकुमारी शाही, सिञ्जा गाउँपालिका उपाध्यक्ष जन्मकन्या खत्री, ठाँटीकाँध गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंह र कालिकोटको ठाडाचक्र नगरपालिका उपप्रमुख विजया विष्ट पनि एकीकृत समाजवादीमा छन्।

यस्तै अछामको साफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, कञ्चनपुरको बेदकोट नगरपालिका प्रमुख अशोककुमार चन्द, पुनर्वास नगरपालिका प्रमुख जीवनराम थापा, डडेल्धुराको आलिताल नगरपालिका प्रमुख गणेश साउद, बैतडीको पुर्चौडी नगरपालिका प्रमुख रणबहादुर कुँवर, अछामको चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउद, बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामी, बझाङको केदारस्यूँ गाउँपालिका अध्यक्ष इन्द्रबहादुर भण्डारी र उपाध्यक्ष निशा धामी पनि एस पार्टीमा रहेका छन्।

कैलालीको घोडाघोडी नगरपालिका उपप्रमुख प्रेमकुमारी थापा, गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायत, अछामको साँफेबगर नगरपालिका उपप्रमुख वीरमाला बुढथापा, कैलालीको चुरे गाउँपालिका उपाध्यक्ष दीपादेवी साउद पनि समाजवादीमा रहेका छन्। प्रदेश १मा उदयपुरको त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी र इलामको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई एकीकृत समाजवादीमा छन्।

त्यसबाहेक दुई वटा गाउँपालिका अध्यक्ष पनि एमाले छोडेर एकीकृत समाजवादीमा रहेको बताइएपनि उनीहरूको नाम खुल्न सकेको छैन। त्यसै गरी गण्डकी र लुम्बिनी प्रदेशमा एक जना रहेको भए पनि उनीहरूको नाम पनि सार्वजनिक भएको छैन।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख कृष्णहरि थापा, रामेछापको मन्थली नगरपालिकाको प्रमुख रमेशकुमार बस्नेत, काभ्रेको मण्डन–देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबा, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका प्रमुख जीवन लामा, कैलाश गाउँपालिका प्रमुख टङ्क मोक्तान, धादिङको धुनीबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य र गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ एस पार्टीमा रहेका छन्।

उनीहरू सबैलाई गठबन्धनले सहयोग गर्नुपर्ने सो पार्टीका अध्यक्ष माधव नेपालले गठबन्धनको बैठकमा दबाब दिएका छन्। काठमाडौँको कागेश्वरी मनोहरामा भने काँग्रेसका उपेन्द्र कार्की र एस पार्टीका मेयर बिच बोलचाल नहुँदा त्यहाँको गठबन्धन सङ्कटमा परेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ